चर्चित गायिका लता मङ्गेश्कर उपचारपछि घर फिर्ता


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

भारतकी चर्चित गायिका लता मङ्गेश्करको स्वास्थ्यमा समस्या आएपछि सोमबार उपचारका लागि अस्पताल पु¥याइएको छ ।

स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई बिहानै आकस्मिकरूपमा अस्पताल भर्ना गरिएको चिकित्सकहरूले बताए ।

लोकप्रिय गायिका ९० बर्षिय मङ्गेश्वरलाई मुम्बईको दक्षिणी क्षेत्रमा रहेको ‘ब्रेथ क्यान्डी अस्पताल’मा उपचार गरिएको हो । उहाँलाई सोमबार नै उपचारपछि घर फकाइएको छ ।

अस्पतालले उहाँको स्वास्थ्य परीक्षण गरेपछि प्राप्त प्रारम्भीक तथा पहिलो स्वास्थ्य विवरणमा उहाँको अवस्था गम्भीर देखिएको चिकित्सकहरुले जनाएको भएपनि स्वास्थ्यमा सुधार आएको भन्दै उहाँलाई सोमबार नै घर फिर्ता गरिएको छ ।

लताको स्वास्थ्य उपचारमा सम्लग्न चिकित्सकका अनुसार उहाँको छातीमा सङ्क्रमण भएको तर सामान्य उपचारपछि घर फर्काइएको छ । बुढ््यौलीका कारण उहाँको स्वास्थ्यमा समस्या आउनु स्वभाविक भएको तर उच्च सतर्कता अपनाउनुपर्ने भएकाले उहाँलाई अति सघन कक्ष (आइसियु) मा राखेर उपचार गरिएको थियो ।

छाती दुख्यो भनेपछि उहाँलाई सोमबार मध्यरातमा (२ बजेतिर) अस्पताल पु¥याइएको लताका आफन्तले जानकारी दिए । लतालाई गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइएको तर स्वास्थ्यमा सुधार आएकोले घर फर्काइएको उहाँका परिवारिक स्रोतले पुष्टि गरेको छ ।

उहाँ विरामी भएका खबरपछि भारतका अन्य चर्चित कलाकारहरुले पनि उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका लताले सन् १९४२ मा गायन सुरु गर्नुभएको थियो भने एक हजार भन्दा बढी ‘बलिउड’का चलचित्रहरूलाई विभिन्न ३६ भाषाहरूमा स्वर दिनुभएको छ । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक भारत रत्न पाउने उहाँ केवल दोस्रो गायिका हुनुहुन्छ ।

मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दर्ता हुनुभएको थियो । उहाँले १९४८ देखि १९७४ सम्म ३० हजार गितहरू रेकर्ड गराउनुभएको छ । उहाँको रेकर्डलाई पछि बहिनी आशा भोस्लेले त्यो भन्दा बढी गीत रेकर्ड गराएर तोड्नु भएको बताइन्छ ।

करिब एक हजार सुप्रसिद्ध गायिका लताले भारत रत्न, पद्म विभूषण, पद्म भूषण, दादासहेब पाल्खे पुरस्कार लगायतका प्रसिद्ध पुरस्कार पाउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com