सोमबार पृथ्वी र सूर्यकोबीचबाट बुधग्रह जाँदै, खगोलविज्ञानको महत्वपूर्ण घटना


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

आगामी सोमबार अन्तरिक्षमा एउटा अत्यन्तै दुर्लभ घटना हुँदैछ । बुधग्रह पृथ्वी र सूर्यको बीचको बाटो हुँदै जाने भएको छ । जसलाई ट्रान्जिट भनिएको छ । यस्तो घटना १ सय वर्षमा जम्मा १३ पटक हुने जनाइएको छ ।

विगतमा सन् २०१६ मा यसरी बुधग्रह पृथ्वी र सूर्यकोबीचबाट गएको थियो, अर्कोपटक सन् २०२३ मा जानेछ । सोमबार हुने परिघटनालाई खगोल विज्ञानमा निकै महत्वपूर्ण मानिएको छ । सूर्य र पृथ्वीकोबीचबाट बुधग्रह गएको दृश्य हेर्नसमेत सकिने जनाइएको छ ।

 

यो दृश्य उत्तर दक्षिण अमेरिकाको अतिरिक्त युरोप, अफ्रिका, पश्चिमी एसिया र न्युजील्याण्डबाट समेत हेर्न सकिनेछ । न्युयोर्क समय अनुशार विहान ७ बजेर ३५ मिनेट जाँदा यो दृश्य हेर्न सकिनेछ । यो दृश्य झण्डै ६ घण्टासम्म हेर्नसकिनेछ । न्युयोर्क समय अनुशार विहान १० बजेर २० मिनेटमा मुख्य दृश्य देखिनेछ, जतिबेला बुधग्रहको केन्द्र सूर्यको केन्द्रको सवैभन्दा नजिक हुनेछ ।

त्यतीबेला बुधग्रहको सानो कालो धब्बा सूर्यको एकछेउमा देख्न सकिनेछ । तर नांगो आँखालाई सूर्यलाई नहेर्न सुझाव दिइएको छ । त्यसका लागि सोलार फिल्टर प्रयोग गर्न आवश्यक छ । यो दृश्य टेलिस्कोपको सहायतालेमात्र हेर्न सकिनेछ । नासाले यसको प्रत्यक्ष प्रशारण गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com