न्युयोर्कका सबै अण्डरग्राउण्ड ट्रेन स्टेशनमा वाईफाई र फोन टिप्ने


प्रकाशित मिति : पुस २७, २०७३ बुधबार

 

न्युयोर्क सिटीमा संचालित मेट्रो ट्रेनका सबै अण्डरग्राउण्ड स्टेशनहरुमा अब वाईफाई र फोन टिप्ने भएको छ । यसअघि न्युयोर्क सिटी मेट्रो ट्रेनका प्राय अण्डरग्राउण्ड स्टेशनहरुमा वाईफाई र फोन टिप्ने सुविधा थिएन ।

अबदेखि ट्रेन स्टेशनहरुमा निशुल्क वाईफाई उपलब्ध हुनेछ, जसले गर्दा न्युयोर्क घुम्न आउने पर्यटकहरुलाई निकै सहज हुने अपेक्षा गरिएको छ ।

यात्रीहरुले अण्डरग्राउण्ड स्टेशनहरुबाट फोन गर्न र टेक्स्ट मेसेज पठाउन सक्नेछन् । एटीएण्डटी, भेराइजन, टी मोबाइल र स्प्रीन्ट लगायत प्राय सबै सेवा प्रदायक फोनहरुमा यो सुविधा उपलब्ध छ ।

काममा ढिलो पुग्नेहरुलाई भने अव अण्डरग्राउण्ड सबवेमा रहेको भन्दै कामबाट आउने फोनहरु वेवास्ता गर्ने वहाना नमिल्ने भएको छ । सववेहरुमा वाईफाईका उपकरण हाल्ने काम दुईबर्ष अगाडि नै पूरा भएको थियो भने कैयन स्टेशनहरुमा वाईफाई र फोन चल्दै आएको थियो ।

एमटीएले ट्रान्जिट वायरलेससँग निशुल्क वाईफाईका लागि २७ बर्षको पार्टनरसिप सुरु गरेको छ जुन परियोजनाको लागत ३ सय मिलियन डलर रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com