अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

वासिङ्टन, ६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताउनुभएको छ ।

उहाँले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताउनु भएको हो ।

अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताउनु भएको हो ।

अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न पनि सक्नेतर्फ सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उहाँले सो सम्बोधनका क्रममा जोड दिनुएको छ ।

यस अघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्विकार गर्दै उहाँले तर अबको विकसित परिस्थितिमा भने सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेका छन् । त्यस्तै अन्य ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताउनु भएको छ ।

शुक्रबार क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि उहाँले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने बताउतुभएको थियो । तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा बारेमा भने केही बताइएको छैन । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com