जापानः अत्यधिक गर्मीका कारण ३० को मृत्यु, सावधानी अपनाउन निर्देशन


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको छ । मानिसहरुको मृत्यु हुन थालेपछि जापानी सरकारले आफ्ना जनतालाई सावधानी अपनाउन निर्देशन दिएको छ ।

यो सातामा सुरुमा नै जापानमा तापक्रम ४० डिग्रिसेल्सियस पुगेको थियो ।

जापान टाइम्स रिपोर्टका अनुसार दश हज्जारभन्दा बढी गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन अस्पताल पुगेका थिए ।

बिहिबार १० जनाको मृत्यु भएपछि गर्मीका कारण मृत्यु हुनेको संख्या ३० पुगेको हो ।

टोकियो फायर डिपार्टमेन्टका अनुसार बिहिबार तापक्रम ४० डिग्रि पुगेपछि आफूहरुले तीन सय आपतकालीन फोनको सम्बोधन गर्दै तीन सय १७ जनालाई अस्पताल पुर्याइएको थियो ।

विद्यालयमा आउटडोर गतिविधीमा संलग्न विद्यार्थीसमेत यसको चपेटमा आएपछि केहीलाई अस्पताल पुर्याइएको थियो ।

मंगलबार एक विद्यालयको आउटडोर कक्षामा सहभागी भएका ६ वर्षे बालकको मृत्युभएपछि जापानको शिक्षा मन्त्रालयले स्कूलहरुलाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन निर्देशन दिएको छ ।

उन्नाइसौं शताब्दीमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै जापानमा यो पहिलो यस्तो घटना हो ।

Ratopati

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com