नसुनिएका आवाज - Page 4 of 24 - KHASOKHAS

नसुनिएका आवाज

१२ वर्षीया छोरीको आमा कै अगाडि बलात्कार, आमाको रोल सुन्दा पत्याउनै गाह्रो …….

संजीतकुमार मण्डल/ आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु-याई …

सिक्रीमा बाँधिएका ८ वर्षीय शिव !

सुशीला रेग्मी/ आफूले जन्म दिएको बच्चालाई पशुजस्तै सिक्रीले बाँधेर राख्ने मन कुन आमालाई होला र रु तर यहाँका एक आमालाई आफ्नो आठ वर्षीय छोरालाई सिक्रीमा बाँधेर घरमा राख्ने र कामकाजका लागि अन्यन्त्र जानुपर्दा सिक्रीमै बाँधेर डो-याउँदै लैजानुपर्ने बाध्यता रहेको छ । आफ्नो आठ वर्षीय छोरा शिवलाई विगत चार वर्षदेखि सिक्रीमा बाँधी डो¥याएर लैजाँदै गर्दैमा पाल्पाको …

भूक्षयको दृष्ट्रिले मकवानपुर उच्च जोखिममा , ६.४९ प्रतिशत जमिनमात्र सुरक्षित !

भूक्षय र पहिरोको दृष्ट्रिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठूला गरी एक हजार ६३ वटा पहिरो स्थल रहेका छन् । जिल्लाका कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर(६.४९प्रतिशत) जमिनमात्र सुरक्षित रहेको पनि अध्ययनले देखाएको छ । ७४ हजार १३२ हेक्टर जमिन …

छुवाछूतविरुद्ध कानून छ, कार्यान्वयन छैन

सुशील दर्नाल/ लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौँमा भाँैतारिरहेको छ । विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा अहिलेसम्म सुनुवाइ भएको छैन । “सम्बन्धित सबै …

‘सोचेको फल प्राप्त गर्न मक्कामदिना’

अर्घाखाँचीका कदमहिम मियाँ र श्रीमती छली मियाँ पहिलोपटक इस्लाम धर्मका प्रवत्र्तक मोहम्मद पैगम्बरको जन्मस्थल मक्कामदिना जाँदा पाउँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हर्षित देखिनुहुन्थ्यो । उक्त पवित्र तीर्थस्थल जाने पहिलेदेखिको इच्छा पूरा हुन लागेकामा उहाँहरु निकै खुशी देखिनुहुन्थ्यो । “इस्लाम धर्मका जन्मदाता पैगम्बरको ठाउँमा गएर नमाज पढ्न र कुर्वानी ९बलि० दिन पाउने भएपछि खुशी लागेको छ”, कदमहिमले …

रुपन्देमा बुद्धका मूर्ति तोडफोड !

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु-याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । …

बाढी, पहिरो र डुबानबाट ९० हजार घरपरिवार प्रभावित : रेडक्रस

मनसुन शुरु भएपछि बाढी, पहिरो तथा डुबानबाट देशका विभिन्न जिल्लाका ९० हजार परिवारका करीब चार लाख ५२ हजार मानिस प्रभावित भएको मानवीय संस्था नेपाल रेडक्रस सोसाइटीले प्रारम्भिक अनुमान लगाएको छ । बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित ३२ जिल्लामा सोसाइटीका निकायबाट सङ्कलन भएका प्रारम्भिक तथ्याङ्कले ४० हजार घरमा क्षति पुगेको जनाइएको छ । आफ्ना तालीम …

 चेलीबेटी बेचबिखनकाे आरोपमा जेल सजाय सुनाइएका २०० छुटे !

चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्र्रताप केसीको संयुक्त इजलासले सोमबार सफाइ दिएको हो। सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि …

नेपालीलाई खतराको सूचीबाट ९ राष्ट्रमिलेर जोगाए

नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् । सहयोगी मुलुकहरु हुन्– चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला । यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दवाव दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ । इन्डोनेशिया युनेस्को कार्यकारी समितिको अध्यक्ष …

अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै भारतले दशगजा मै बसाल्यो बस्ती !

सिरहाको लहानदेखि करिब १८ किलोमिटर दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दसगजा क्षेत्रभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दसगजाभित्रै बस्ती समेत बसाइएको छ । अन्तराष्ट्रिय कानुनअनुसार दसगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दसगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय …

WP2Social Auto Publish Powered By : XYZScripts.com