दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका रूपमा कार्य गरी बादी समुदायले जीविका चलाउँदै आएका छन् । भारतीय सीमा सुरक्षा बलले नदीमा बालुवा, गिट्टी चालेर बेच्ने कार्य रोक्न थालेपछि जीविका चलाउँदै आएको स्रोतसमेत खोसिन थालेपछि बेखर्ची भएको राधिका रानाले बताउनुभयो ।

जुन ठाउँमा जे मजदुरी पाउँछौँ । त्यसबाटै साँझ बिहानको खर्च मुस्किलले जुटेको छ उहाँले भन्नुभयो, “दशैँ आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन ।” बादी बस्तीका गज्जो राना दशैँका लागि धेरै ठाउँमा कर्जा खोज्न गए पनि नपाएको बताउनुहुन्छ । हिउँदमा मजदुरी गरेर कर्जा तिर्छु भनेर धेरै ठाउँमा पुगे, कतैबाट पनि कर्जा पाइएन उहाँले भन्नुभयो, “तिर्ने आधार केहो भनेर खोध्छन् कसैले पनि कर्जा दिन मानेका छैनन् ।”

“मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा दशैँजस्तो चाडपर्वमा कसलाई हँुदैन । त्यो हाम्रो पनि थियो । इच्छामै सीमित भएको छ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वर्षमा एकपटक किनेको लुगासमेत फाट्न लागेको छ । नयाँ किन्न सक्दैनौँ केशव रानाले भन्नुभयो, “टालटुल गरेर लगाउन विवश छौँ ।” बस्ती नजिकैका गाउँमा दशैँको रौनकताले छपक्कै ढाकेको भए पनि बादी बस्तीका बासिन्दा भने दशैँ के गरेर बनाउने भन्ने पीरलोमै बस्न बाध्य छन् । जनप्रतिनिधि आएपछि केही व्यवस्था हुन्छ कि भनेर आशामा बसेका बादी समुदायले बस्नका लागि गतिलो घरसमेत पाएका छैनन् । झोपडीमा त्रिपाल राखेर वर्षौदेखि बादी समुदाय त्यस ठाउँमा बस्दै आए पनि सुख दुःख सोध्ने कोही छैन ।

जनप्रतिनिधि बस्दै आएको ठाउँ भएकाले छाडन बारम्बार भन्दै आएपछि बादी समुदाय झनै चिन्तित भएको छ । बस्तीमा बस्दै आएको ३५ वर्ष बढी हुन थालेको छ जस्मा रानाले भन्नुभयो, “सँगै बसेका अन्य समुदायका जग्गा दर्ता भई जग्गाधनी प्रमाण पुर्जा हात पारेका छन् । सोर्सफोर्सवालाहरूका लागि जे पनि हुन्छ यहाँ । हामीसँग केही छैन, केही भएको छैन ।”

साँझ बिहानको छाक टार्न धौधौ पर्ने समुदायले वर्षौदेखि बस्दै आएको जग्गा छाड्न भने बेघर बनाउने षड्यन्त्र हुन थालेपछि यसका विरुद्ध सङ्घर्ष उत्रिने बेला आएको बादी समुदायका बासिन्दाले बताउनुभयो । “चाडपर्व पनि हुनेखानेका लागि रहेछ । समाजमा पछाडि पारिएको, आर्थिकरूपमा विपन्न, समाजको शोषणमा परेको समुदाय भए पनि अझै न्याय पाउन सकेका छैनौँ, पुन्टे रानाले भन्नुभयो ।

बस्तीका धेरै परिवारका व्यक्ति वर्षौदेखि बिरामी भएका छन् । आर्थिक अभावले उपचार नपाउँदा झोपडीमै बस्न बाध्य छन् । बालबालिकाको विद्यालयको खर्च जुटाउन नसक्दा अभिभावकहरूले बीचमै विद्यालय छुटाएर आफूसँगै मजदुरी गर्नका लागि लग्ने गरेका छन् ।

बस्दै आएको जग्गा नापजाँच गरी बस्नका लागि सुरक्षित आवासको व्यवस्था गरी दिन बादी समुदायले माग गरेका छन् । रोजगारीका अवसरहरूसमेत प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण कायम गरिदिन सरकारसँग उहाँहरूको माग छ । बस्तीमा २५ परिवार बादी समुदायको बसोबास रहेको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com