KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

अष्ट्रेलियाको इतिहासमै क्रुर यौन उत्पीडन सामना गर्ने महिलाको कहानी

प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

स्रोतः माइन्ड/ कठघरामा त्यो दिन एक महिला मात्र उपस्थित थिइन् तर ती महिलाले यति बिघ्न यौन उत्पीडन झेलेकी थिइन् कि उनको पक्षमा बयान दिनका लागि उनीभित्रका ६ विभिन्न व्यक्ति बाहिर निस्किए । जेनी हेन्सले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘म अदालतमा गएँ र बसेँ । मैले शपथ लिएँ र केही घण्टापछि आफ्नै शरीरमा फर्किएँ र बाहिर निस्किएँ ।’

के भनेको होला भनेर तपाईं अलमलमा पर्नुभयो होला । अचम्ममा नपर्नुहोस्, यो मामलालाई सबिस्तार जान्न जरुरी छ । एक बालिकाको रुपमा जेनीमाथि उनका पिता रिचर्ड हेन्सले लगातार बलात्कार गरे र उनलाई प्रताडित गरे । अष्ट्रेलियाका पुलिसका अनुसार यो देशको इतिहारको सबैभन्दा भयानक बाल उत्पीडनको मामला हो ।

यो डरसँग झेल्नका लागि जेनीको दिमागले एक असाधारण तरिका विकसित गरेको छ । दुःखबाट आफैंलाई टाढा राख्नका लागि उनले नयाँ पहिचान विकसित गर्न सुरु गरिन् । उनीमाथि भएको उत्पीडन यस्तो भयानक र नियमित थियो कि जेनीका अनुसार उनीभित्र कम्तीमा २५ सय भिन्न व्यक्तिको पहिचान विकसित भएको छ ।

मार्चमा भएको ऐतिहासिक सुनुवाईमा जेनी आफ्ना पिताविरुद्ध उजुरी दिइरहेकी थिइन् । यतिबेला उनी आफ्नो व्यक्तित्वको सहारामा अदालतमा प्रमाण पनि पेश गरिरहेकी थिइन् । जुन पहिचानसँग उनले प्रमाण पेश गरिरहेकी थिइन् त्यसमा एक चार वर्षकी बालिका सिम्फनीको पहिचान पनि समावेश थियो ।

यसलाई अष्ट्रेलियाको मात्रै नभई संसारको यस्तो पहिलो मामला मानिएको छ जहाँ पीडित मल्टीपल पर्सनालिटी डिसअर्डर वा डिसोशिएटिभ आइडेन्टिटी डिसअर्डरको शिकार थिइन् तर उनले भिन्न भिन्न पहिचानसहित आफ्नो बयान दिइन् र मामलामा अभियुक्तलाई सजायँ पनि सुनाइयो ।

उनले भनिन्, ‘म डराएकी छैन । ममाथि उनले के के गरेका थिए, त्यो बताउनका लागि मैले लामो प्रतिक्षा गरेकी थिएँ र अब उसले मलाई चुप बनाउन सक्दैनँ । ’

६ सेप्टेम्बरमा ७४ वर्षका रिचर्ड हेन्सलाई सिड्नीको अदालतले ४५ वर्षको जेल सजाय सुनाएको छ ।चेतावनी – विवरणमा हिंस्रक र बाल उत्पीडनका सामग्रीले तपाईंलाई बिचलित बनाउन सक्छ ।

‘सुरक्षित थिइनन्’

हेन्सको परिवार लण्डनको बेक्लेहीथबाट सन् १९७४ मा अष्ट्रेलिया पुगेको थियो । जेनी त्यतिबेला चार वर्षकी थिइन् । त्यति नै बेला उनका पिताले उनलाई उत्पीडन गर्न सुरु गरेका थिए । सिड्नीमा पुगेपछि उनले हरेक दिन निकै क्रुरतापूर्वक उत्पीडन गर्न थालेका थिए ।

जेनीले मे महिनामा पीडितमाथि पर्ने असरबारे बयानमा अदालतलाई बताएकी थिइन्, ‘मेरा बुवाले निकै सोच बिचारले ममाथि उत्पीडन गर्ने गर्दथे, योजना बनाएर । उनी जानीजानी यस्तो गर्दथे र हरेक मिनेटको आनन्द उठाउँथे ।’

उत्पीडनको शिकार महिलाको रुपमा जेनीले आफ्नो पहिचान नखुलाउने अधिकारको प्रयोग गर्न सक्थिन् तर आफ्नो बुवाको पहिचान जाहिर होस् भनेर उनले यस्तो गरिनन् ।

जेनीले भनिन्, ‘म उनीसँग यी सबै बन्द गर्न भिख माग्ने गर्थेँ । उनले म रोएको सुनेका छन्, उनले मेरो पीडा देखेका छन्, म जुन आतंक महसुस गरिरहेको थिएँ, त्यो देखेका छन्, उनले रगत देखेका छन् र मेरो शारीरिक क्षती पनि देखेका छन् । तर भोलिपल्टै उनले आफ्नो कुकृत्य दोहोराउँथे ।’

जेनी भन्छिन्, ‘ड्याडीले यस्तो तरिकाले मेरो ब्रेनवास गरेका थिए कि मलाई लाग्थ्यो कि उनले मेरो दिमाग पनि पढ्न सक्छन् । मैले उत्पीडनको बारे कसैलाई भन्नु त परको कुरा, सोचे मात्रै पनि आमा, भाइ र बहिनीलाई मारिदिने चेतावनी उनले दिएका थिए ।’

जेनी भन्छिन्, ‘ड्याडले मेरो आन्तरिक जीवनमाथि पनि हमला गरेका थिए । म आफ्नो दिमागमा पनि सुरक्षित महसुस गर्दिनथेँ । आफूमाथि के भएको थियो, त्यो म हेर्न सक्दिनथेँ र त्यसको निष्कर्ष पनि बताउन सक्दिनथेँ ।’

आफ्नो विचारलाई लुकाउनका लागि उनी गीत रचना गर्थिन् । जब उनलाई भाइ बहिनीको चिन्ता हुन्थ्यो तब उनी लेख्थिन्, ‘उनीहरु भारी होइनन्, उनीहरु मेरा भाइ हुन् ।’

जसले उनलाई सुरक्षा दिनु पर्दथ्यो, त्यही व्यक्तिबाटै उत्पीडनको शिकार हुनुपर्दा उनले लेख्थिन्, ‘के तपाईं साँच्चै नै मलाई दुःखी बनाउन चाहनुहुन्छ रु के तपाईं मलाई साँच्चै नै रुवाउन चाहनुहुन्छ रु’

जेनीका पिताले स्कूलमा पनि उनको सामाजिक गतिविधीमाथि प्रतिबन्ध लगाएका थिए ता कि उनको अन्य वयस्कसँग सम्पर्क कम होस् । जेनीले सधैं आफूलाई दबाएर लुकाएर चुप नै राखिन् । उनका स्विमिङ कोचले उनका पितालाई उनको प्राकृतिक क्षमतालाई प्रोत्साहित गर्न आवश्यक छ भनेको खण्डमा जेनीले नै सजाय भोग्नु पर्दथ्यो ।

कुटपिट र यौन उत्पीडनका कारण जेनीलाई थुप्रै पटक चोटपटक पनि लाग्थ्यो तर उनलाई मेडिकल सुविधाबाट पनि बञ्चित राखियो जसका कारण उनले पछि गम्भीर मुश्किलको सामना गर्नुपर्‍यो ।

जेनी अब ४९ वर्ष पुगिसकेकी छिन् । तर उनको आँखाको ज्योति, बंगारा, आन्द्रा, मलद्वार, मलद्वारको हड्डी सबै यति क्षतीग्रस्त भइसकेको छ कि ती अब ठिक हुन सक्दैनन् । यी सबैको शल्यक्रिया गराउनु पर्दथ्यो । यद्यपि, यी सबैको शल्यक्रिया गराउनुपर्‍यो । यसबाहेक जेनीलाई सन् २०११ मा कोलोस्टोमी अपरेशन, जसमा पेटमा प्वाल बनाएर फोहोर निकाल्नका लागि बाटो बनाइन्छ, गर्नुपर्‍यो ।

जेनीमाथि ११ वर्षसम्म यौन उत्पीडन भइरह्यो । त्यतिबेला उनको परिवार पुनः ब्रिटेन आएको थियो । त्यसको केही दिनपछि नै सन् १९८४ मा उनको आमा–बुवाबीच सम्बन्धविच्छेद भयो । जेनीलाई थाहा थियो कि उनी जुन परिस्थितीबाट गुज्रिरहेकी थिइन् त्यसबारे उनको आमालाई समेत भनक थिएन ।

सिम्फनीको गरिरहेका थिए यौन उत्पीडन’

समकालीन अष्ट्रेलियाली विशेषज्ञका अनुसार जेनीको डिसोशिएटिव आइडेन्टिटी डिसअर्डर नामक स्थितीसँग गहिरो सम्बन्ध यसकारण पनि थियो किनभने उनले सुरक्षित वातावरणमा हुँदाहुँदै पनि भयानक उत्पीडन झेल्नु परेको थियो ।

वाल्यकालमा हुने मानसिक आघातकी विशेषज्ञ डा। प्याम स्टावरोपोलोस भन्छिन्, ‘डिसोशिएटिभ आइडेन्टिटी डिसअर्डर वास्तवमा अस्तित्व बचाउने रणनीति हो । यो एकदमै मुश्किल परिस्थितीमा अपनाइने निकै परिष्कृत रणनीति हो । हामीले यो ध्यान दिनुपर्छ कि यो मामला अत्यधिक उत्पीडनबाट बालिकामाथि लागेको आघात हो ।’

यौन उत्पीडनबाट लागेको आघात र त्यसपछि भयावह हुँदै गएको लगातारको उत्पीडनका कारण बालिका आफैंबाट भाग्न चाहन्थिन् होला जसका कारण उनीभित्र विभिन्न व्यक्तित्वको विकास भएको हुनसक्छ ।’

जेनीका अनुसार उनीभित्र जो पहिलो आइडेन्टिटीले जन्म लिएको थियो त्यो थियो सिम्फनीको, चार वर्षकी बालिका सिम्फनी, अहिले पनि आफ्नै समयमा उपस्थिती छिन् ।

जेनीले बीबीसीलाई भनिन्, ‘उनले हरेक मिनेट बुवाको उत्पीडनको सामना गर्नुपरेको थियो । जब उनले आफ्नी छोरी जेनीको उत्पीडन गरिरहेका हुन्थे वास्तवमा त्यतिबेला उनले सिम्फनीको उत्पीडन गरिरहेका थिए ।’

समय बढ्दै जाँदा सिम्फनीले उत्पीडनलाई सहनका लागि अन्य व्यक्तित्वको पनि विकसित गरिन् । सयौं व्यक्तित्वमा प्रत्येकसँग उत्पीडनसँग जोडिएका केही न केही कुरा समावेश छ, चाहे त्यो कुनै भयानक रुपमा गरिएको हमला होस् वा यौन उत्पीडनका लागि लालायित नजर होस् वा कुनै गन्ध नै किन नहोस् ।’

जेनीले बीबीसीलाई भनिन्, ‘सिम्फनीको दिमागबाट कुरा निस्कँदा उनी व्याकुल देखिनेछिन् । मेरो विचारमा म आफ्नो पिताविरुद्ध आफ्नो पक्ष राख्नेछु ।’

सिम्फनीसँगको कुराकानी अघि हामीलाई यो स्थितीसम्म पुग्न आधा घण्टाको समय लाग्यो । जेनीले पहिले नै यस्तो हुनसक्ने अवगत गराएकी थिइन् । जेनीबाट सिम्फोनी बन्न लाग्दा उनले प्रश्नको जवाफ दिने बेला आफूले भक्भकाउन सक्ने बताएकी थिइन् । यो हाम्रो लागि संकेतजस्तो थियो ।

उनले निकै छिटो बोलिन्, ‘हेलो म सिम्फनी हुँ । जेनीले निकै मुश्किलको सामना गरेकी छिन् । यदि तपाईंलाई नराम्रो लाग्दैन भने म उनीबारे बताउनेछु ।’

सिम्फनीको आवाज ठूलो थियो, उनको लवज पनि कडा थियो तर बच्चाको आवाज थियो जसमा निस्सासिएको जस्तो भाव थियो । हामीले १५ मिनेटसम्म कुरा गर्‍यौं । र त्यतिबेला उनले आफूमाथि एक दशकअघि भएको घटनाको हरेक स–साना कुरा याद गरिन् जुन निकै अचम्मित गरिदिने किसिमको थियो ।

सिम्फनीले भनिन्, ‘जति पनि कुरा मेरा लागि मूल्यवान थिए, महत्वपूर्ण थिए र प्यारो थियो ती सबैलाई मैले ड्याडीसँग लुकाएर राखेको थिएँ किनभने जब उनी मेरो उत्पीडन गर्ने गर्दथे तब उनी सोच्ने बुझ्ने खालका व्यक्ति लाग्दैनथ्यो ।’

ती ‘व्यक्ति’ जसले जेनीलाई बचाउन मद्दत गरेः

– मसेल्सः बलियो मांसपेशी भएका एक किशोर । यी अग्ला व्यक्ति यस्तो कपडा लगाउँछन् जसको बलियो पाखुरा देखाइन्छ । उनी निकै शान्त र सुरक्षात्मक प्रवृत्तिका किशोर हुन् ।

– वोलकेनो निकै अग्लो र बलिया छन् । टाउकोदेखि खुट्टासम्म कालो छालामा बेरिएका छन् । उनको सुनौलो कपाललाई ब्लिच गरिएको छ ।

– रिकी आठ वर्षका किशोर हुन् जसले पुरानो खैरो सुट लगाउँछन् । उनको कपाल सानो र चम्किलो रातो रंगको छ ।

– जुडास पनि रातो कपाल भएका व्यक्ति हुन् । उनले प्लेन ग्रे रङको स्कूलको पाइन्टमा र चम्किलो हरियो रंगको जम्पर लगाउँछन् । सधैं यस्तो लाग्छ कि उनी केही बोल्ने वाला छन् ।

– लिन्डा वा म्याग्गट अग्ली र पातली छिन् । उनको कपालमा शानदार जुरो छ र उनको पातलो आँखीभौं छन् ।

– रिकले ठूलो चस्मा लगाउँछन् । ठ्याक्कै त्यस्तै जुन रिचर्ड हेन्स लगाउँछन् । चस्मामा उनको अनुहार सानो लागिरहेको छ ।

मार्चमा जेनीले अदालतमा सिम्फनी र अन्य पाँच आइडेन्टिटीको रुपमा बयान दिने अनुमती पाइन् । यीमध्ये प्रत्येकले उत्पीडनका विभिन्न पाटोबारे बताए । यो सुनुवाई केवल एक न्यायाधीशको उपस्थितीमा भयो किनभने वकिलले यो मामलालाई जुरीका लागि निकै दर्दनाक मानिएको थियो ।

सुरुवाती अवस्थामा हेन्समाथि ३६७ आरोप लगाइएको थियो जसमा बलात्कार, अप्राकृतिक सेक्स, हिंस्रक उत्पीडन र १० वर्षभन्दा कम उमेरका बच्चामाथि अश्लील जानकारी शेयर गरेका विभिन्न मामला थिए । जेनीले आफ्नो विभिन्न व्यक्तित्वको मद्दत लिएर हरेक अपराधबारे विस्तृत प्रमाण अदालत सामू राख्न सफल भइन् । उनको विभिन्न व्यक्तित्वले उनलाई ती कुराहरु याद राख्न मद्दत नगरेको भए आघातका कारण उनले थुप्रै कुरा बिर्सिसकेकी हुन्थिन् ।

जेनीले बीबीसीलाई भनिन्, ‘मल्टीपल पर्सनालिटी डिसअर्डर ९एमपीडी० को रुपमा मेरो याद आज पनि त्यति नै नयाँ छन् जति नयाँ घटना भएको दिन थियो ।’

मल्टीपल पर्सनालिटीको रुपमा परिवर्तन हुनु ठिक अघि जेनीले भनिन्, ‘हाम्रो स्मरणशक्ति समयसँगै फ्रिज हुन्छ । यदि मलाई त्यो चाहिएको छ भने त्यहाँ गएर मैले त्यो टिप्नुपर्छ ।’

सिम्फनीले अष्ट्रेलियामा सात वर्षसम्म भएको उत्पीडनबारे बिस्तारपूर्वक बताउने इच्छा बताएकी थिइन् । मसेल्स, एक १८ वर्षका बलियो मांसपेशी भएका व्यक्तिले शारीरिक उत्पीडनको प्रमाण दिए जबकी एक सुन्दर महिला लिन्डाले जेनीको स्कूले जीवन र सम्बन्धमाथि वर्ने असरको बयान दिइन् । जेनी भन्छिन्, ‘सिम्फनी आफ्नो बयानमा बढ्दो उमेरको कुरा पनि समावेश गर्न चाहन्थिन् तर मैले केवल सन् १९७४ को कुरा मात्र बताउन सकेँ ।’

सुनुवाईको दोस्रो दिन सिम्फनीले करिब साढे दुई घण्टाको बयानको क्रममा जेनीका पिताले कम्तीमा २५ भयानक मामलामा आफू दोषी भएको स्विकार गरे ।

मल्टीपल पर्सनालिटी डिसअर्डरबाट भयो फाइदाः

बाल्यकालमा मानसिक आघात झेल्ने बालबालिकाको मद्दत गर्ने संस्था ब्लू नट फाउन्डेशनकी अध्यक्ष डा। क्याथी केजलम्यान भन्छिन्, ‘यो एक ऐतिहासिक मामला थियो । जहाँसम्म हाम्रो जानकारी छ त्यो हिसाबले पहिलो पटक डिसोशिएटिव आइडेन्टिटीका व्यक्तिको फेस भ्यालुको आधारमा अदालतमा बयान दिने मौका पाए र अभियुक्तले सजाय पनि पाएका छन् ।’

जेनीले उत्पीडनको उजुरी पहिलो पटक सन् २००९ मा गरेकी थिइन् । पुलिसले अनुसन्धान गर्न र रिचर्ड हेन्सलाई दोषी प्रमाणित गरेर जेल पठाउनमा १० वर्षको समय लगायो ।

रिचर्डलाई उत्तरी पूर्वी इंगल्याण्डको डार्लिंगटनबाट सन् २०१७ मा प्रत्यर्पण गरेर सिड्नी ल्याइएको छ जहाँ उनी एक अन्य अपराधमा सात वर्षको सजाय भोगिरहेका छन् । यद्यपि, उनी जेनीकै संयुक्त परिवारमा बसिरहेका थिए जहाँ उनले आफ्नी छोरीलाई झुटो र म्यानिपुलेट गर्ने किसिमको बताएका छन् ।

उता सन् १९८४ मा रिचर्ड हेन्ससँग सम्बन्धविच्छेद गरिसकेकी जेनीकी आमालाई जब यसबारे थाहा भयो तब उनी आफ्नी छोरीको लडाईंमा उभिएकी छिन् ।

तर जेलीले आफ्नो मानसिक आघातबाट बाहिर निस्कनका लागि दशकौं लामो संघर्ष गर्नुपर्‍यो । जेनी भन्छिन्, ‘काउन्सिलर र थेरापिस्टले मलाई बीचमा नै छोडिदिन्थे किनभने उनीहरुलाई मेरो कहानीमाथि विश्वास लाग्दैनथ्यो अथवा, यो यति भयानक थियो कि यससँग जोडिन नै चाहँदैनथे ।’

डिसोशिएटिव आइडेन्टिटी डिसअर्डरः

– मानसिक आघात लागेपछि आफूसँग वा संसारसँगै सम्पर्क तोड्नु, एक्लै बस्नु एक सामान्य प्रक्रिया हो ।

– डिआइडी कुनै पनि व्यक्ति, विशेषगरी बालबालिकामा त्यतिबेला उत्पन्न हुनसक्छ जब उनलाई लामो समयसम्म जटिल मानसिक उल्झनको सामना गर्नुपर्छ ।

– कुनै वयस्कसँग मद्दत नपाउँदा वा वयस्कले यसलाई वास्तविक समस्या मान्न अस्विकार गर्दा पनि डिआइडी विकसित हुनसक्छ ।

– डिआइडीबाट प्रभावित व्यक्ति आफ्नो सोच्ने, विचार गर्ने, बोल्नका लागि विभिन्न तरिकाको प्रयोग गर्छन् । आफूलाई भिन्न भिन्न ढाँचामा देख्न थाल्छन् । उनीहरुको स्मरणशक्ति र अनुभव एक अर्कासँग मेल नखाने किसिमका पनि हुनसक्छन् ।

– यसको अहिलेसम्म औषधीमार्फत् कुनै उपचार भएको छैन । यसबाट प्रभावित मानिसहरुका लागि विशेषज्ञ कुराकानीमार्फत् गरिने थेरापीको प्रयोग गर्छन् ।

 

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com