अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिकलाई स्वदेश फर्काइँदै 


प्रकाशित मिति : मंसिर २१, २०८२ आईतबार

अमेरिकाबाट निर्वासनमा परेका ५५ जना इरानी नागरिक केही दिनमै तेहरान फर्किँदै छन्। इरानको विदेश मन्त्रालयले आइतबार जानकारी दिँदै यो राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइअन्तर्गत पछिल्लो दोस्रो ठूलो फिर्ती समूह भएको बताएको छ।

यसअघि सेप्टेम्बरमा करिब ४०० इरानीलाई अमेरिकाले निर्वासनका लागि पहिचान गरेको थियो। पहिलो समूहअन्तर्गत १२० जना कतारको राजधानी दोहा हुँदै तेहरान पुगेका थिए।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी निर्णयहरू राजनीतिक उद्देश्य र अन्तर्राष्ट्रिय कानुनविरुद्धका आप्रवासी(विरोधी नीतिमा आधारित रहेको भन्दै आपत्ति जनाएका छन् । उनले पछिल्ला महिनामा अमेरिकाले गरिरहेका निर्वासनहरू इरानप्रति असहयोगपूर्ण र पूर्वाग्रहयुक्त देखिएको उल्लेख गरेका छन् ।

यद्यपि, यी कारवाहीले परमाणु कार्यक्रमका विषयमा द्वन्द्वमा रहेका दुई देशबीच दुर्लभ समन्वयको संकेत पनि देखाएको विश्लेषकहरूले बताएका छन्। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ भने अमेरिकाले यो कार्यक्रम परमाणु बम निर्माणतर्फ उन्मुख रहेको आरोप लगाउँदै आएको छ। प्रत्यक्ष सम्बन्ध नहुँदा दुवै देशले तेस्रो पक्षमार्फत मात्र सम्पर्क गरिरहेको अधिकारीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, बाघाईले वाशिङ्टनमा शुक्रबार सम्पन्न विश्वकप ‘ड्र’ कार्यक्रममा इरानको फुटबल टोलीका सबै सदस्यलाई भिसा नदिएको अमेरिकी निर्णयप्रति पनि आपत्ति जनाए। इरानले नौ सदस्यीय टोलीका लागि भिसा मागेको थियो तर अमेरिकाले चार जनालाई मात्र भिसा उपलब्ध गराएको इरानी फुटबल महासंघका प्रवक्ता अमिर मेहदी अलावीले बताए। अमेरिकाले इरानी नागरिकका लागि लामो समयदेखि कडा भिसा प्रतिबन्ध लागू गर्दै आएको छ।

यस घटनाक्रमलाई इरानले अनुचित व्यवहार र कूटनीतिक मान्यताको उल्लंघनको रूपमा ब्याख्या गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com