कर्पोरेट - KHASOKHAS

कर्पोरेट

लक्सोराइडमा कन्भर्टेवल नोट किन्दा १ हजार डलरको लगानी लाखौं बन्नसक्छ : जयस श्रेष्ठ, सीईओ

नेपालीको लगानीमा अमेरिकामा संचालित लक्सोराइडले कन्भर्टेवल नोटको योजना अगाडि ल्याएको छ । जस अन्तरगत चालक र निकटवर्तीहरुले एकहजार डलरदेखि २० हजार डलरसम्मको लगानीको अवशर पाउनेछन् । १८ महिनासम्म ५ प्रतिशत ब्याज र त्यसपछि शेयरमा रुपान्तरण हुने यो कन्भर्टेवल नोटका अन्य धेरै फाइदाहरु रहेका छन् । यसै सेरोफेरोमा रहेर लक्सोका संस्थापक तथा सीईओ जयस श्रेष्ठसँग गरिएको …

चालकलाई ८५ प्रतिशत कमिशन दिने लक्सोले नेपालीहरुसँग न्युयोर्कमा अन्तरकृया गर्दै

चालकलाई ८५ प्रतिशत कमिशन दिने राइड एप्लिकेशन लक्सोले नेपालीहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । लक्सोले चालकलाई दिने कमिशन उबर, लिफ्ट, जुनो लगायतका कुनै पनि राईड एप्लिकेशनहरुको भन्दा धेरै रहेको छ । आगामी मे ५ तारिख आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रममा …

उद्योगी–व्यवसायीमा उत्साहसँगै चासो

‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् । मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम वातावरण तयार भएकाले आफूहरु उत्साहित भएको उल्लेख गर्दै सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी लगानीकर्ताले नीति कार्यान्वयन र लगानी सुरक्षाका लागि सरकारी प्रतिबद्धताको दृढतापूर्वक कार्यान्वयन खोजेका छन् …

बीबीसी : नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्नुको कारण

हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन्। यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो। चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ …

उबरलाई पौने २ अर्ब डलर घाटा

राइड एप्लिेकेशन उबरलाई सन् २०१८ मा झण्डै पौने २ अर्ब डलर घाटा भएको छ । शुक्रबार सन् २०१८ को आर्थिक विवरण सार्वजनिक गर्दै उबरले १ दशमलव ८ बिलियन डलर घाटा भएको जनाएको हो । योसँगै उबरले अब आईपीओमा जाने तयारी गरेको छ । जसअन्तरगत उबरको शेयर खुद्रा लगानीकर्ताहरुले समेत किन्न पाउनेछन् । सन् २०१७ मा …

अमेरिकामा नेपालीको लगानीमा लक्सो राइड, चालकलाई ८५ प्रतिशत

– अनिल अधिकारी बिश्वबजार उछल्ने लक्ष्य राखेका छौं, तर पहिलो सहयोग नेपालीहरुबाटै हुने आशा : प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ प्रविधिसंग खेल्न जान्यो भने अबरपति होइन खबरपति भइन्छ भन्ने उदाहरणका रुपमा आज उबर नामक एपवेश ट्याक्सी कम्पनीलाई लिन सकिन्छ । उबर यस्तो ठुलो ट्याक्सी कम्पनी हो, तर जसको आफ्नै एउटा पनि ट्याक्सी छैन् । यही अवधारणमा …

५ करोडको लगानीमा नेपालीले सुरु गरेको सामाजिक सञ्जालको मूल्य चारबर्षमा १० अर्ब

नेपालीहरुको नेतृत्वमा ४ बर्ष अगाडि अमेरिकाबाट सुरु गरिएको सामाजिक सञ्जाल सगुनको मूल्य चारबर्षमा १० अर्ब नेपाली रुपैया अर्थात् झण्डै १ सय मिलियन अमेरिकी डलर पुगेको सगुनका सहसंस्थापक कबिन्द्र सिटौलाले जानकारी दिएका छन् । सगुनमा अहिलेसम्म ५० करोड रुपैया अर्थात् झण्डै ५ मिलियन डलर लगानी भइसकेको सिटौलाले जानकारी दिएका छन् । सगुनमा सन् २०१४ मा झण्डै …

फेसबुक सप र अमेजनमा कम्पन

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पन फेसबुक सप र अमेजनमा पनि उपलब्ध भएको छ । अमेरिकामा रहनेहरुले फेसबुक सप र अमेजनमार्फत कम्पनको अनलाइन अर्डर गर्नसक्नेछन् । फेसबुक सपबाट अर्डर गर्न यहाँ क्लिक गर्न सकिनेछ । अमेजनबाट अर्डर गर्न यहाँ क्लिक गर्न सकिनेछ । सन् २०१५ को अप्रिल २५ को पहिलो भूकम्पको २ दिन अगाडि नेपालमा …

अर्थमन्त्रीको पहिलो निर्णयः सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वैशाख १ गतेदेखि नेपाल सरकारका सम्पूर्ण कारबोर विद्युतीय प्रणालीमार्फत गर्ने निर्णय गरेका छन् । मन्त्री खतिवडाले पदवहालीका क्रममा सरकारले प्राप्त गर्ने राजस्व दाखिला र भुक्तान रकम दुवै विद्युतीय प्रणालीमार्फतमात्र गर्ने निर्णय गरेका हुन् । वामपन्थी गठवन्धनले तयार पारेको घोषणापत्र कार्यान्वय सरकारको पहिलो प्राथमिकता भएको बताउँदै २५ वर्षभित्र नेपाललाई सम्मुनत …

फेसबुकमा बिटक्वाइन लगायत क्रिप्टोकरेन्सी विज्ञापन प्रतिबन्ध

फेसबुकले बिटक्वाइन लगायतका सबै क्रिप्टोकरेन्सी विज्ञापनमा प्रतिबन्ध लगाएको छ । आईसीओ, बिटक्वाइन, इथर्नम लगायतका क्रिप्टोकरेन्सी विज्ञापनमा प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ । मंगलबार एक ब्लग पोष्ट गर्दै फेसबुकले क्रिप्टोकरेन्सी सम्बन्धित सबै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो । क्रिप्टोकरेन्सीको बजार अनियन्त्रित भइसकेपछि फेसबुकको यस्तो प्रतिबन्ध आएको हो । राम्रो विश्वास नभएका कैयन कम्पनीहरुले क्रिप्टोकरेन्सीको …

WP Facebook Auto Publish Powered By : XYZScripts.com