आफ्नोमार्फत अमेरिकाबाट रकम जम्मा गर्दा झण्डै ११ प्रतिशत ब्याज, रकम पठाउँदा १५ डलरसम्म छुट


प्रकाशित मिति : पुस २४, २०८० मंगलबार

अमेरिकाबाट अनलाइनबाटै नेपालमा रकम पठाउन सकिने रेमिट्यान्स सेवा आफ्नो मार्फत रकम पठाउँदा अब भारी छुट प्राप्त गर्न सकिने भएको छ । १० हजारभन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड पठाउँदा १५ अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड छुट पाउन सकिने भएको छ भने पहिलोपटक ५ सयभन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड पठाउँदा ५ अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड छुट पाइने भएको छ ।

यदि तपाई १० हजारभन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड पठाउदै हुनुहुन्छ भने तपाईले प्रोमोकोड LARGE प्रयोग गर्नुपर्छ । साथै पहिलोपटक ५ सय भन्दा माथि अमेरिकन डलर, क्यानेडियन डलर, युरो वा पाउण्ड पठाउदै हुनुहुन्छ भने तपाईले प्रोमोकोड NEW5 प्रयोग गर्नुपर्छ । तपाईले यस्तो डिस्काउन्ट तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ भने अर्को ट्रान्जेक्सनसम्म प्रतिक्षा गर्नुपर्ने छैन । नयाँ बर्ष २०२४ सँगै आफ्नोले यस्तो अफर ल्याएको हो ।


त्यस्तै डलर खातामा रकम जम्मा गर्न चाहनेहरुले एक वर्षको विदेशी मुद्रा फिक्स्ड डिपोजिटमा ५ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् तर त्यसका लागि न्यूनतम १ हजार डलर डिपोजिट गर्नुपर्नेछ । ब्याजसहितको रकम एकबर्षमा विदेशी मुद्रामा नै शतप्रतिशत आफ्नो देशको खातामा फिर्ता पाउन सकिनेछ । यो अफरका लागि कम्तीमा एकबर्ष रकम डिपोजिट गर्नुपर्नेछ ।

नेपाली रुपैयामा नै फिक्स्ड डिपोजिट गर्न चाहनेहरुले पनि सिधै अमेरिकाबाट रकम डिपोजिट गरेर १० दशमलव ६१ प्रतिशतसम्म ब्याज पाउन सक्नेछन् । ब्याज प्रत्येक चौमासिकमा प्रदान गरिनेछ । यसका लागि आफ्नोले कुमारी बैंक लिमिटेडसँग सहकार्य गरेको छ । अमेरिकाबाट नेपालमा कुमारी बैंकमा समेत आफ्नोमार्फत नै खाता खोल्न सकिनेछ ।

यदि तपाईंले आफ्नोको एकाउनन्टमा लग इन गर्नुभयो भने यसले तपाईंलाई यी अफरहरुका बारेमा विवरणहरू देखाउनेछ। तपाईले ती मध्ये कुनै अफर छनौट गरेर आकर्षक ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ ।

रेमिट्यान्स सेवा ‘आफ्नो’ मार्फत रकम पठाउँदा उत्कृष्ट रेट, प्रयोग गर्न सहज, २ घण्टामा डिपोजिट भएको पाइएको छ ।  वेवसाइटका अतिरिक्त एप स्टोर र गुगल प्लेबाट एप्लिकेशन डाउनलोड गरेर सहजै रकम पठाउन सकिने भएकाले यो प्रयोग पनि निकै सहज रहेको छ ।

अमेरिकामा रहेका व्यक्तिले बैंक ट्रान्सफर, बैंक डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोग गरि रकम पठाउन सक्ने भएतापनि क्रेडिट कार्ड र डेबिट कार्ड प्रयोग गरेर रकम पठाउँदा भने शुल्क केही महँगो रहेको छ । बैंक ट्रान्सफर वा बैंक डिपोजिटको विकल्प रोजेको खण्डमा भने ५९ सेन्टसमा नै रकम पठाउन सकिनेछ । क्रेडिट कार्डबाट पठाउँदा ३ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भने डेबिट कार्ड प्रयोग गरि पठाउँदा १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ ।

रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुने आफ्नोले प्रतिबद्धता जनाएको छ । खसोखासले गरेको परिक्षणमा १ घण्टा ४५ मिनेटमा रकम जम्मा भएको पाइएको थियो । त्यस्तै ‘आफ्नो’ले दिने रेटपनि उत्कृष्ट रहेको पाइएको छ ।

बैंकबाट सिधै एसीएच गरेर नेपाल रकम पठाउँदा कतिपय मनी ट्रान्सफरहरुले २ दिनसम्म लगाउने गरेका छन् । तर आफ्नोले भने यसरी रकम पठाउँदा पनि २ घण्टाभित्रै नै बैंक खातामा रकम डिपोजिट गरिदिने गरेको छ । भरपर्दो र सुरक्षित कम्पनी प्लेडमार्फत एकाउन्टको विवरण प्राप्त हुने भएकाले आफ्नोले ग्राहकको अमेरिकामा रहेको एकाउन्टमा सिधै पहुच कायम गर्न सक्दैन । सेवाग्राहीको डाटा सुरक्षित राख्न बैंक स्तरको सुरक्षा प्रयोग गर्ने आफ्नोले बताएको छ ।

pexels-photo-164527.jpeg
Photo by Pixabay on Pexels.com

‘आफ्नो’को वेवसाइट र एप्लीकेशनहरु प्रयोग गर्न सहज रहेको छ भने केवाईसी भेरिफाइ पनि सहजै र छिटो हुने गरेको छ । तर कतिपय अवस्थामा एकाउन्ट खोल्ने क्रममा ओटीपी कोड प्राप्त हुनमा भने लामो समय लाग्ने गरेकोमा अहिले भने यो समस्या समाधान गरिसकेको कम्पनीले जनाएको छ । यदि ओटीपी कोड आउनमा ढिलाई भएमा फर्गेट पासपोर्ट विकल्प प्रयोग गरेर समेत छिटो कोड प्राप्त गर्न सकिन्छ ।

यदि कुनै समस्या भएमा च्याटमार्फत वा फोनमार्फत पनि सम्पर्क गर्न सकिन्छ । यसरी सम्पर्क गर्दा तपाईले नेपाली भाषामा नै बोलेर सेवा प्रदान गर्ने कर्मचारीहरु पाउनुहुनेछ ।

यदि तपाईपनि आफ्नो मार्फत सहजै रकम पठाउन चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com