माछापुच्छ्रे बैंकको वेवसाइटमार्फत अमेरिकाबाट निशुल्क मनी ट्रान्सफर, उत्कृष्ट रेट, २ घण्टामा डिपोजिट


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे र्बैंकले वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको वेवसाइट मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

यो सुविधा अमेरिका र युरोपमा रहेका व्यक्तिले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरि पठाउन सक्नेछन् । बैंक डिपोजिट र ट्रान्सफरबाट रेमिट्यान्स पठाउदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन । साथै रेमिट्यान्स पठाएको २ घण्टाभित्रमा नै नेपालमा रहेको कुनै पनि बैंक खातामा रकम जम्मा हुनेछ ।

person holding fan of us dollar bill

बैंक डिपोजिट र बैंक ट्रान्सफरको माध्यमबाट रकम पठाउँदा निशुल्क भएपनि क्रेडिट कार्डबाट पठाउँदा ३ प्रतिशत र डेबिट कार्डबाट पठाउँदा भने १ प्रतिशत शुल्क लाग्नेछ ।

बिज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिक गरि घरमै बसेर उक्त रेमिटान्स सुविधाको प्रयोग गर्न सक्नेछन् । यो सुविधाको प्रयोग रेमिट्यान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

रकम पठाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com