अब अमेरिकाभरका नेपाली समुदायका व्यवसायलाई विना क्रेडिट जाँच २ लाख डलरसम्म


प्रकाशित मिति : पुस १८, २०८० बुधबार

focus photography of person counting dollar banknotes

क्युएम एड्भान्सले अब अमेरिकाभरका नेपाली समुदायका व्यवसायलाई विना क्रेडिट जाँच २ लाख डलरसम्म ऋण उपलब्ध गराउने जनाएको छ । अमेरिकाभरका नेपाली समुदायका व्यवसायहरुलाई कार्यशील पूजी उपलब्ध गराउने र त्यसका लागि कुनै व्यक्तिगत ग्यारेन्टी पनि बस्न नपर्ने क्युएम एड्भान्सले जनाएको छ ।

क्युएम एड्भान्स एक कार्यशील पूजी कम्पनी रहेको तथा यसले परम्परागत व्यापार ऋणको सजिलो र छिटो विकल्प प्रदान गर्नुका साथै नेपाली व्यवसाय मालिकहरुलाई दु्रत कार्यशील पूजी प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ -‘यसप्रकारको ऋण छिटो छ । हजारौं साना र मध्यम आकारका व्यवसायका लागि तत्काल समाधान प्रदान गर्दछ । ९९ प्रतिशत स्वीकृति दरका साथमा क्रेडिट जाँच र व्यक्तिगत ग्यारेन्टीविना नै २४ देखि ४८ घण्टाभित्र ५ हजार डलरदेखि २ लाख डलरसम्म उधारो लिन सकिन्छ ।’

क्युएमका अपरेशन म्यानेजर डेभिड भन्छन् – ‘हामी क्रेडिट स्कोरको आधारमा नभई व्यवसायको बिक्रीको बलमा आधारित कोषलाई अनुमोदन गर्छौं। यो कार्यक्रम लगभग कुनै पनि उद्योग र कुनै पनि व्यवसायको लागि उपयुक्त छ।’

ऋण लिएको रकम कुनै पनि व्यवसायको विकासको लागि प्रयोग गर्न सकिने तथा कम्पनीको सेवा छिटो, सुखद र सरल रहेको कम्पनीको दावी छ । नेपाली व्यवसायीहरूले रोजी र सिद्धिबाट उत्कृष्ट व्यक्तिगत सेवा प्राप्त गरिरहेको तथा आफ्नो कम्पनीको उद्देश्य व्यवसायीहरुलाई व्यवसाय बढाउन र कठिन समयमा व्यवसाय चलाउन आवश्यक रकम प्राप्त गर्न मद्दत गर्नु रहेको कम्पनीको भनाई छ ।

यसबारे थप जानकारी प्राप्त गर्न र ऋण लिनका लागि सिद्धि लाई २०१ ९८३ २२३१ मा फोन कल गर्न सकिन्छ ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com