काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु, खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ ।

शनिबार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान सुरु गरिएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिको सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पपछि अस्थाई रुपमा प्रयोग गर्ने गरि खुलामंचको केही भाग विभिन्न संघ संस्थालाई दिइएकोमा अहिले स्थाइ प्रकृतिका संरचना बन्न थाले पछि बिरोध हुँदै आएको छ ।

यसरी खुलामंच अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन् ।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतकाको सहभागिता थियो ।

खुलामंचलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने बताइएको छ । खुलामंचमा बीर अस्पतालको स्टोररुमदेखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ ।

यस्तै पुरानो बसपार्कमा भ्यू टावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामंचमा राखिएको छ । त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको चौतर्फी विरोध हुँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com