महाअभियोग अनुसन्धान : युक्रेनका लागि अमेरिकाकी पूर्व राजदूतको सनसनीपूर्ण बयान


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषय तीव्र गतिमा अघि बढाइ राखिएका बेला एक जना पूर्व अमेरिकी राजदूतले ट्रम्पले टेलिफोन संवादका क्रममा आफूबारे गरेको एउटा अस्पष्ट टिप्पणीका कारण आफूले खतरा महसुस गरेको बताएकी छिन्।

युक्रेनका लागि अमेरिकाकी पूर्व राजदूत मुरी युभानोभिचले कङ्ग्रेसलाई युक्रेनका नेतासँग टेलिफोन वार्ताका क्रममा ट्रम्पले गरेको टिप्पणीले आफूलाई “निकै चिन्तित बनाएको” बताएकी छन्।

“उनी [युभानोभिच] केही कुराहरूबीचबाट गुज्रिनुपर्ने छ,” ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई संवादका क्रममा भनेका थिए।

डेमोक्र्याट दलले हालै मात्र गोप्य रूपमा गरिएको कुराकानीको विवरण सार्वजनिक गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र युक्रेनको एउटा ग्यास कम्पनीमा काम गरेका उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न युक्रेनको सरकारलाई दबाब दिने कोसिस गरेको आरोप लगाइएको छ।

गत जुलाई २५ तारिखमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीका क्रममा ट्रम्पले आफूबारे भनेका कुराका कारण आफू “स्तब्ध” भएको उनले बताएकी थिइन्।

“उनले के भन्न खोजेका थिए भन्नेबारे मैले केही बुझिनँ,” युभानोभिचले ट्रम्पका शब्द बारे भनिन्। “म धेरै चिन्तित थिएँ। म अझै छु।”

गत अक्टोबरमा युभानोभिचले दिएको बयान अहिले सार्वजनिक गरिएको हो।

दुई राष्ट्रपतिबीचको संवादका क्रममा ट्रम्पले युभानोभिचलाई “नराम्रो खबर” का रूपमा वर्णन गरेका थिए।

उक्त संवादको बेहोरा ह्वाइट हाउसले यसअघि नै सार्वजनिक गरिसकेको छ।

बयानका क्रममा युरोपेली सङ्घका लागि अमेरिकी राजदूतसँग सल्लाह माग्दा उनले युभानोभिचलाई ट्विटमार्फत ट्रम्पको प्रशंसा गर्न भनेको उल्लेख गरिएको छ।

“तिमीले केही उल्लेख्य कार्य गर्नुपर्छ वा घर जानुपर्छ,” युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्डलुन्डले भनेको उनले आरोप लगाएकी छिन्।

त्यस्तो सुझाव पालना गर्न नसक्ने आफूलाई लागेको युभानोभिचले बयानका क्रममा भनेकी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com