सिन्धुपाल्चोक बस दुर्घटना: कम्तीमा १७ यात्रुको मृत्यु, कैयौँ घाइते (अपडेट)


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ। शैलुङ्गेश्वर यातायातको उक्त यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाण्डू आउँदै थियो।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गका अनुसार काठमाण्डूका लागि छुट्ने क्रममा दोलखामा ४७ जनाले उक्त बसको टिकेट काटेका थिए। ज्यान गुमाउनेमा बाह्र महिला र पाँच पुरूष छन्। जसमा एकजना शिशु समेत रहेको बताइएको छ।

दुर्घटनासँगै थुप्रै यात्रुहरू खोलामा बगेको बताइएको छ। ९ वटा शव बगाएर लगेको अवस्थामा फेला पारिएको थियो।  चार जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चारको उपचारको क्रममा ज्यान गएको थियो।

सिन्धुपाल्चोक र काभ्रेका विभिन्न तीन अस्पतालमा कम्तिमा ४६ जना घाइतेहरू पुर्याइएको थियो। टिकट काटेका र घाइते एवं मृतकको सङ्ख्या हेर्दा बीचमा चढ्ने यात्रुहरू अत्याधिक रहेको अनुमान अधिकारीहरूले गरेका छन्। जसले गर्दा दुर्घटनाका बेला बसमा कति यात्रुहरू थिए भन्ने स्पष्ट भएको छैन। चालक अचेत अवस्थामा रहेका छन्। अझै दुर्घटनाको कारण खुलेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतकहरूमध्ये १४ जनाको सनाखत भएको छ। जसमध्ये १२ दोलखाका छन् भने २ काभ्रेका छन्। बसलाई क्रेनको सहायताले नदी किनारमा ल्याइएको छ। यात्रुहरू बगेको समेत हुनसक्ने आशङ्कामा उद्धारमा र्‍याफ्टिङमा प्रयोग हुने डुङ्गाहरू समेत प्रयोग गरिएको थियो।

नदीमा बस उल्टो परेको अवस्थामा फेला परेको थियो।जसले गर्दा पानीमा डुबेको बसभित्र यात्रुहरू अल्झिएको प्रत्यक्षदर्शीहरूले बताए। तिहार र छटपर्वको विदा सकिएसँगै शैक्षिक संस्थाहरू खुल्ने समय भएकोले बिचबाटोमा काठमाण्डू फर्किने विद्यार्थीहरू बसमा थपिएको हुनसक्ने प्रहरीको आशङ्का छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com