लरीमा भेटिएका मृतक सबै भियतनामी


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

बेलायतमा डेढ साताअघि एउटा लरीको कन्टेनरमा मृत अवस्थामा फेला परेका सबै भियतनामी नागरिक भएको बेलायत प्रहरीले जनाएको छ । पछिल्लो अनुसन्धानबाट उनीहरू सबैजना भियतनामी भएको प्रहरीले जानकारी दिएको हो । लन्डनका प्रहरी उपप्रमुख टिम स्मिथले ३९ शवको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालिएको बताए । उनले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताए । स्मिथले आफूहरू भियतनाम सरकारको सम्पर्कमा रहेको र मृतकहरूकोे सनाखत पुष्टि गर्ने प्रमाण संकलन भइरहेको जानकारी दिए ।

‘मृतकको परिचय पत्ता नलागेको, तर उनीहरूका बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ,’ स्मिथले भने । शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरू सबै चिनियाँ नागरिक हुन सक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा कन्टेनरमा ३९ शवसहित एउटा लरी भेटिएको थियो ।

ती शवमध्ये ३१ पुरुष र आठ महिलाका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको छ । शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले ‘आफ्नो विदेश यात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएको विवरण सो घटनापछि सार्वजनिक भएको थियो ।

लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्न परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो । मृतकहरू अवैध आप्रवासी हुन सक्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com