अमेरिकामा दुईपटक मिलियन डलरको लोटरी जिते एउटै व्यक्तिले


प्रकाशित मिति : कार्तिक १५, २०७६ शुक्रबार

धेरैका लागि ज्याकपट लोटरी जित्नु जीवनको एउटामात्र अनुभव हुनसक्छ । तर अमेरिकाको मासाचुसेट्सका रोल्फ रोढ्सले दुईपटकसम्म मिलियन डलरको लोटरी जितेका छन् ।

उनले बुधबारमात्र एकमिलियन डलरको लोटरी जितेका छन् । ४ मिलियन इन्स्ट्यान्ट ज्याकपट नामको खेलमा उनले स्क्र्याच गरेर मिलियन डलरको लोटरी जितेका छन् ।

सन् २०१८ मा पनि उनले एकमिलियन डलरको लोटरी जितेका थिए । तर उनले ट्याक्स काटेर एकैपटक रकम लिन चाहेका कारण उनलाई साढे ६ लाख डलर प्रदान गरिएको थियो ।

यसपटक भने उनले आफ्नो एकमिलियन डलर २० वटा बार्षिक किस्तामा लिने भएका छन् । एकपटकमा उनले ट्याक्स कटाउनुअगाडिको ५० हजार डलर प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो खेलमा उनले एकमिलियन डलर प्राप्त गरेपनि अरु तीनमिलियन डलरको चिठ्ठा भने बजारमा नै रहेको र अरुले चिठ्ठा किनेर पार्नसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com