प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’
प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो ।
प्रधानमन्त्रीको आज गरिएको दोस्रोे डाईलासिस सफल भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा आज दोस्रो पटक गरिएको मृर्गौंलाको डाईलासिस सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका अध्यक्ष प्रचण्डले संचारकर्मीमाझ आज डाईलासिस गरिएको बताउनुभयो ।

उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो ।
अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीको फेरी डाइलासिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सिको अवस्थालाई हेरेर मात्रै भन्न सकिने चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले हिजो ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाईलासिस गराउनुभएको थियो ।
यता प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।






