सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन


प्रकाशित मिति : कार्तिक १०, २०७६ आईतबार

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजिनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजिनामा दिन लगाउनु भएको हो ।

“आन्दोलनकारीहरुको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजिनामा दिन निर्देशन दिएको छु,” उहाँले पत्रकारहरुसँग भन्नुभएको छ ।

राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उहाँले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “हामी सबै परिवर्तन हुनुपर्छ, हामी सबै वास्तविकतामा आधारित भएर आपत्कालीन समस्याको समाधान जिम्मेवारीपूर्ण ढङ्गले निकाल्नु पर्दछ ।”

गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजिनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।

अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् ।

आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गर्नु भएको छ ।

उहाँले आफू आन्दोलनकारीहरुको भावनासँग सहमत रहेको र आन्दोलनकारीसँग वार्ता मार्फत् तत्काल समस्याको निकास खोज्न तयार रहेको पनि बताउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com