पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात, कमजोर महशुस


प्रकाशित मिति : कार्तिक ९, २०७६ शनिबार

पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार कै क्रममा हृदयघात भएको पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार बताउनुभयो ।

अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत उहाँले जानकारी गराउनुभयो, “पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उहाँले निकै कमजोर महशुस गर्नुभएको छ ।”

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य उहाँलाई अस्पताल पु¥याइँदा नै निकै विग्रिएको थियो । उहाँको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पु¥याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उहाँलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उहाँको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताएका थिए । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उहाँलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उहाँलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com