फेसबुकले गरिबका २० हजार घर बनाउन १ अर्ब डलर खर्चिने


प्रकाशित मिति : कार्तिक ५, २०७६ मंगलबार

फेसबुकले अमेरिकाको क्यालिफोर्नियामा गरिबका घर बनाउन १ अर्ब डलर खचिर्ने भएको छ । उक्त रकम गरिबहरुका सस्तो घर निर्माण गर्न सहयोग, ऋण र जमिनका लागि खर्चिने फेसबुकले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा सस्तो आवास संकट भइरहेकाले त्यसलाई कम गर्न क्यालिफोर्नियाका गर्भनर गेभिन न्युजोम र क्यालिफोर्निया राज्यसँगको सहकार्यमा फेसबुकले उक्त सहयोगको घोषणा गरेको हो । सहयोगबाट २० हजार घर निर्माणमा योगदान पुग्ने जनाइएको छ ।

आर्थिक असमानता भएका परिवारलाई सघाउनका लागि सस्ता आवासमा पहुच आवश्यक भएको त्यहाँका गभर्नरले जनाएका छन् । फेसबुकले १० बर्षको अवधिमा उक्त रकम प्रदान गर्ने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाका सान फ्रान्सिस्को लगायतका क्षेत्रमा घरवारविहिनहरुको समस्या बढ्दै गएकाले सरकारले फेसबुकसँगको सहकार्यमा यो योजना अगाडि सारेको हो । १ अर्ब डलरमध्ये २५ करोड डलर मिश्रित आम्दानी भएकाहरुलाई राज्यका जमिनमा आवास निर्माणमा खर्च गरिनेछ ।

त्यस्तै १५ करोड डलर सान फ्रान्सिस्कोमा घरवारविहिनका लागि आवास र सस्तो आवास निर्माण खर्च गरिने भएको छ । त्यस्तै २२ करोड डलर फेसबुकले हालै किनेको मेन्लो पार्कमा रहेको जग्गामा १५ सय घर निर्माणमा खर्च गरिनेछ ।

सान माटियो र सान्ता क्लारामा विद्यालय क्षेत्र र सार्वजनिक जमिनमा शिक्षक र अत्यावश्यक कामदारका लागि घर बनाउन साढे २ करोड डलर खर्च गरिनेछ । गत जुन महिनामा बे एरियामा आवास संकटबिरुद्ध लड्न गुगलले १ बिलियन डलर सहयोगको घोषणा गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com