क्यानडा : संसदमा कसैले पनि १७० सिट नल्याए को हुन्छ प्रधानमन्त्री ?


प्रकाशित मिति : कार्तिक ४, २०७६ सोमबार

आज क्यानडेयिन मतदाताहरुले वर्तमान प्रधानमन्त्री जस्टिन टु्रडोलाई नै दोश्रो कार्यकालका लागि अनुमोदन गर्ने वा नयाँ प्रधानमन्त्री बनाउने भन्नेबारेमा निर्णय गर्दैछन् । क्यानडामा प्रधानमन्त्री दुईकार्यकालका लागि निर्वाचित हुँदै आएको लामो इतिहास छ तर पछिल्ला केही गलत कदम र स्क्याण्डलका कारण जस्टिन टु्रडोले अहिले एन्ड्रयु शीयरसँग कडा प्रतिस्पर्धाको सामना गरिरहनु परेको छ ।

आजको चुनावमा लिबरलका तर्फबाट ४७ बर्षका जस्टिन टु्रडो र कन्जरभेटिभका तर्फबाट ४० बर्षका एन्ड्रयु शीयर चुनावी मैदानमा रहेका छन् । मतदाताहरुले संसदका ३३८ सिटमा आज मतदान गर्दैछन् । संसदमा बहुमत प्राप्त गर्नका लागि र सरकार गठन गर्नका लागि कुनै पनि दलले १७० सिट ल्याउन जरुरी छ ।

तर कुनै पनि दलले १७० सिट ल्याउन नसकेको खण्डमा बर्तमान प्रधानमन्त्रीलाई नै सरकार गठनको अवशर प्राप्त हुन्छ । यदि कन्जरभेटिभ पार्टीका तर्फबाट संसदमा १७० सिट नआएको खण्डमा लिबरल पार्टीका तर्फबाट प्रधानमन्त्री जस्टिन ट्रुडोले नै सरकार गठन गर्न पाउनेन् । रोचक त के छ भने कसैको पनि १७० सिट नआएको खण्डमा सत्तारुढ दलले विपक्षको तुलनामा कम सिट ल्याएपनि सरकार गठनको अवशर पाउनेछ । क्यानडाको चुनावमा न्यु डेमोक्रेटिक, ग्रिन पार्टी, ब्लक क्युबेकोइस लगायतका दलले पनि उल्लेख्य सिट जित्दै आएका छन् । सन् २०१५ को चुनावमा न्यु डेमोक्रेटिक पार्टीले ४४ सिट जितेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि कन्जरभेटिभले १६९, लिबरलले १२० र अन्य दलले ४९ सिट ल्याएमा सत्तारुढ लिबरलले नै सरकार गठनको मौका पाउनेछ । विपक्षी दलले पपुलर मत बढी ल्याउनसक्छ र संसदमा सत्तारुढ दलले भन्दा धेरै सिट जित्न पनि सक्छ तर १७० सिट नजिते उसले सरकार गठन गर्न पाउनेछैन । यो क्यानाडाको चुनावको रोचक पक्ष हो ।

टु्रडोले क्यानडामा डाइभर्सिटीका पक्षमा काम गर्दै आएका छन् भने शरणार्थीहरुलाई शरण प्रदान गर्दै आएका छन् । कार्बनमा राष्ट्रब्यापी रुपमा मूल्य लागु गर्नुका साथै उनले गाँजालाई बैध बनाएका छन् । वेरोजगारी दर घटाएर दशकमै सबैभन्दा कम बनाएका छन् ।

एन्ड्रयु शीयर भने रुढीबादी नेताका रुपमा परिचित छन् । गर्भपतनबारेको उनको विरोध र समलिंगी विवाहलाई समर्थन गर्नेबारेको अस्पष्ट धारणाका कारण उनी विरोधीहरुको निशानामा पर्दै आएका छन् । उनले पाँचबर्षभित्र बजेट सन्तुलन मिलाउने र यी दुबै विषयलाई बहसमा नल्याउने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुबाहेक जगमित सिंह, एलिजाबेथ मे, म्याक्सीम बर्नर लगायतका केही नेताहरु पनि चुनावी मैदानमा छन् । तर उनीहरुले चुनाव जित्ने सम्भावना भने निकै न्यून रहेको छ ।

क्यानेडियनहरुले हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ३३८ जना सदस्यहरुलाई निर्वाचित गर्नेछन् । क्यानेडियनहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई भोट हाल्नेछैनन् । हाउसअफ कमन्समा संसदीय दलको नेता नै प्रधानमन्त्री हुनेछ । संसदमा बहुमत ल्याउने पार्टीले नै प्रधानमन्त्री र सरकार गठन गर्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com