अमेरिका र युक्रेनका राष्ट्रपतिबीचको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक (पूर्ण पाठ)


प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक गरिएको छ । ह्वाइटहाउसले जुलाई २५ मा भएको फोनसम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक गरेको हो ।

पाँच पृष्ठ लामो उक्त ट्रान्सक्रिप्टबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन र उनका छोराको बारेमा अनुसन्धान गर्न पटकपटक अनुरोध गरेको खुलासा भएको छ । ट्रम्पले जेलेन्स्कीलाई उक्त विषयमा आफ्ना नीजि कानुन व्यवसायी रुडी गिलानी र महान्यायाधिवक्ता विलियम बारसँग मिलेर काम गर्नसमेत भनेका छन् ।

जो बाइडेनले आगामी राष्ट्रपति चुनावका लागि उम्मेदवारीको घोषणा गरेका छन् । यद्यपी उनले राष्ट्रपतिको मुख्य चुनाव लड्न भने डेमोक्रेटिक उम्मेदवारीमा विजय हासिल गर्नुपर्नेछ ।

फोन सम्बादका क्रममा युक्रेनी राष्ट्रपतिले ट्रम्पको आग्रहलाई स्वीकार गरेका छन् । ह्वाइटहाउसले भने गलत सुचना प्रवाह हुनबाट रोक्न दुई राष्ट्रपतिबीचको फोन सम्बादको ट्रान्सक्रिप्ट सार्वजनिक गरिएको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रान्सक्रिप्टको पूर्ण पाठ

भ्वाइस रिकग्निसन सफ्टवेयरको सहायताले उक्त ट्रान्सक्रिप्ट तयार पारिएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति बीचको फोनवार्ताको विषयलाई लिएर डेमोक्र्याटहरुले महाअभियोग लगाउन प्रकृया सुरु गरेका छन् । डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

ट्रम्पलाई महाभियोग लगाउने बारेको अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ। त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

अमेरिकाको २२३ बर्ष लामो इतिहासमा अहिलेसम्म दुईजना अमेरिकी राष्ट्रपतिबिरुद्धमात्र महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । एन्ड्रयु जोन्सन र बिल क्लिन्टनबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि सिनेटले दुबैजनालाई दोषी ठहर गरेन । वाटर गेण्ट काण्डका कारण रिचर्ड निक्सनले महाअभियोग लाग्नु अगाडि नै पदबाट राजिनामा दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com