जाँदाजाँदै राजदुत रायले भने,‘नेपाल–भारत सम्बन्ध युनिक छ, कसैले चाहेरपनि बिर्गान सक्दैन्’


प्रकाशित मिति : फाल्गुन १३, २०७३ शुक्रबार

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन्।  शुक्रबार रिपोर्टर्स क्लब नेपालले राजदुत रायलाई आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर जान लागेको अवसरमा विदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत रायले भने,‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकत्ता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यैपनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको चुनावको विपक्षमा हामी छैनौं, तर यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ।’

अब हुन गैरहेको चुनावमा पनि भारतको संविधान जारी गर्दाको जस्तै अडान हो कि के हो भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ।’

साक्षात्कार कार्यक्रममा उनले भने,‘नेपालमा चुनाव हुन गैरहेको छ, यो हाम्रो लागि पनि खुशीको कुरा हो, लोकतन्त्रको प्रमुख आधार भनेको नै चुनाव हो, तर चुनाव सबैलाई एक ठाउँमा लिएर र विश्वासमा लिएर गर्नुपर्छ।’

उनले सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन हाल गरिरहेको पहलकदमी प्रशंसनीय रहेको स्पष्ट पारे। चुनाव लोकतान्त्रिक अभ्यास भएकोले सबैलाई विश्वासमा र साथमै लिएर अघि बढ्दा सबैको भलो हुने उनको भनाई थियो। उनले भने,‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदुत रायले नेपाल–भारत सम्बन्ध शब्दमा वर्णन गर्न नसकिने उल्लेख गर्दै भने,‘हाम्रा सरकारहरु नबन्दै र देश बन्नुभन्दापनि पहिल्यैदेखि प्राचिन सम्बन्ध रहेको छ, जनस्तरको सम्बन्ध छ।’ उनले दुई देशवीचको सम्बन्ध थप मजबुद बनाउनको लागि पनि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।

उनले सम्बन्ध चाहे व्यक्तिकावीच होस्, चाहे पारिवारिक होस् त चाहे देशहरुकावीचको सम्बन्ध किन नहोस्, सम्बन्ध मजबुद बनाउनको लागि नयाँ–नयाँ आयाम जरुरी रहेको बताए। उनले भने,‘नेपाल–भारत सम्बन्ध मजबुद बनाउनको लागि पनि हमेसा हाम्रोवीचमा यस्तो प्रयासहरु जरुरी छ।’ २१ औं शताब्दी एशियाको शताब्दी भएकोले अहिले एशियामा विकासको लहर आउने समेत उनको विश्वास थियो।

राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए। उनले भने,‘नेपाललाई फाईदा नहुने कुरा, भारतलाईपनि फाईदा हुँदैन्।’ यद्धपी उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाए। उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन्।

रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ।’

राजदुत रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे,‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com