अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टन बर्खास्त


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

वासिङ्टन, एएफपी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मङ्गलबार पदबाट बर्खास्त गर्नुभएको छ । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ ।

बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भन्नुभएको छ, “मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उहाँले आजै बिहान राजिनामा बुझाउनुभयो ।”

तीन वर्षको अवधिमै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो फेरबदल गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने जानकारी दिनुभएको छ ।

पदबाट बर्खास्त हुनुअघि सल्लाहकार बोल्टनले अर्कै प्रसङ्गमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो । राष्ट्रपतिबाट पदच्यूत भएपछि उहाँले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजिनामा दिएको दाबी गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ । इराकमा आक्रमणका मुख्य योजनाकार मानिने बोल्टनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रुपमा लिइन्छ । पछिल्ला दिनहरुमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएला समेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सुत्रधार बोल्टन रहेको विश्वास गरिन्छ ।

लामालामा जुँगा पाल्न रुचाउने बोल्टनले यसअघि संयुक्तराष्ट्र संघका लागि अमेरिकी राजदूतको भूमिका समेत निर्वाह गर्नुभएको थियो । उहाँले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ अनसँग भइरहेका वार्तामा कुनै समर्थन गर्नुभएको थिएन ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्पले तालिबान नेताहरुलाई गत साता क्याम्प डेभिडमा आमन्त्रण गरेपनि अन्तिम क्षणमा रद्द गरेपछि दुबै नेताबीचको असमझदारी चुलीमा पुगेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताउनुभएको छ । उहाँले संवाददाताहरुसँग वासिङ्टनमा भन्नुभयो, “हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन, र त्यसमा सत्यता छैन ।”

राष्ट्रसंघको महासभामा भाग लिने इरानी राष्ट्रपति हसन रौहानीसँग यसपटक राष्ट्रपति ट्रम्पको भेटघाट होला त भनी सोधिएको एक प्रश्नमा विदेशमन्त्री पोम्पेओले भन्नुभयो, “अवश्य हुनेछ ।”

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले राष्ट्रपति ट्रम्प र उहाँका वरिष्ट सल्लाहकारहरु इरानमाथिका प्रतिबन्धका विषयमा एकमत रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com