प्रतिघण्टा १८५ माइलको गतिमा अमेरिका छिर्यो डोरियन आँधी, बहामसमा पहिरो


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

प्रतिघण्टा १८५ माइलको गतिमा डोरियन आँधी अमेरिका प्रवेश गरेको छ । आइतबार बिहान बहामस छिरेको उक्त आँधीका कारण पहिरो गएको जनाइएको छ ।

आँधी खतराका हिसाबले अधिक खतरनाक अर्थात् पाँचौं श्रेणीको रहेको जनाइएको छ । सबैभन्दा कम खतरनाक आँधी पहिलो श्रेणीको हुनेगर्छ भने आँधीको गतिसँगै श्रेणीपनि बढ्दै जान्छ । १५७ माइल प्रतिघण्टा वा त्योभन्दा माथिको आँधी पाँचौं श्रेणीको मानिन्छ ।

सोमबार विहान आँधी अमेरिकाको मुख्यभूमि फ्लोरिडा राज्यमा छिर्ने बताइएको छ । सोमबार साँझतिर आँधी उत्तरपश्चिम क्षेत्रतिर लाग्नेछ । मंगलबारसम्म भने आँधी चौथो श्रेणीमा झर्ने सम्भावना रहेको छ । मंगलबार आँधीको गति प्रतिघण्टा १४० माइलमा झर्ने अनुमान गरिएको छ ।

बुधबारपनि आँधीको गति तीब्र नै रहने जनाइएको छ । जर्जिया, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा आँधीको प्रभाव पर्ने अनुमान गरिएको छ । बिहिबार आँधीले क्यारोलाइना क्षेत्रमा पहिरो समेत जानसक्ने मौसमविदहरुले चेतावनी दिएका छन् । शुक्रबार नर्थ क्यारोलिनाको सामुन्द्रीक किनारहुँदै आँधी बाहिरिने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एटलान्टिक हरिकेन सिजनकै सबैभन्दा ठूलो यो आँधी फ्लोरिडा प्रवेश गर्नुअगाडि त्यसको सामना गर्न र बच्न तयारीहरु गरिएको छ ।

इन्टरनेशनल स्पेस स्टेशनबाट खिचिएको डोरियन आँधीको भिडियो ।

आँधीको समयमा घरभित्रै बस्न, झ्यालढोकाहरु प्लाइउडले संरक्षण गर्न, ताजा अपडेटका लागि स्थानीय रेडियो टेलिभिजन हेर्न, मोबाइल रेडक्रसको आपतकालिक एप्लिकेशन डाउनलोड गर्न, हरिकेन बत्ति राख्न, आफ्ना घरपालुवा जनावरमा पहिचान खुल्ने ट्याग लगाइदिन, स्थानीय आपतकालिन सेल्टरहरु खोज्न, प्लास्टिकका बोतलहरु पानीले भरेर राख्न सुझाव दिइएको छ ।

 

आँधीका कारण फ्लोरिडामा कैयन विमानहरुले यात्रुहरुलाई विना थप शुल्क टिकटहरु परिवर्तन गर्ने सुविधा समेत दिएका छन् । फ्लोरिडा राज्यभरी संकटकालको समेत घोषणा गरिएको छ । त्यहाँका गभर्नरले कम्तीमा एकसाताका लागि खाना, पानी र औषधीको जोहो गर्न स्थानीयबासीलाई सुझाव दिएका छन् ।

आँधीको चेतावनीपछि स्थानीयबासिन्दाहरुले सामान किन्दा कैयन स्टोरहरु खाली भइसकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com