सेप्टेम्बर १४ मा २३ हजार किलोमिटर प्रतिघण्टाको गतिमा छुद्रग्रह पृथ्वीनजिक


प्रकाशित मिति : भाद्र १५, २०७६ आईतबार

सेप्टेम्बर १४ मा २३ हजार किलोमिटर प्रतिघण्टाको गतिमा बुर्ज खलिफा जत्तिकै आकारको एउटा छुद्रग्रह पृथ्वीनजिक भएर गुज्रने भएको छ । २००० क्वु डब्ल्यु सेभेन नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा भने नरहेको जनाइएको छ ।

२४ घण्टाको अन्तरालमा अर्को छुद्रग्रहपनि पृथ्वीको नजिक भएर जाने जनाइएको छ । दुईवटामध्ये पृथ्वीको नजिक भएर जानेमा २००० क्वु डब्ल्यु सेभेन पहिलो छुद्रग्रह हुनेछ । उक्त छुद्रग्रह पृथ्वीबाट ५ दशमलव ३ मिलियन किलोमिटर नजिक आउनेछ ।

गत अगस्त १० मा पनि एम्पायर स्टेट भवन भन्दा ठूलो छुद्रग्रह पृथ्वी नजिकैबाट विना क्षति गएको थियो । १८७० फिट परिधि रहेको २००६ क्युक्यु २३ नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किएको भए एउटा सिंगै देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान गरिएको थियो ।

पृथ्वीको नजिकै भएर गएको उक्त छुद्रग्रह पृथ्वीको सतहमा बिष्फोट भएको भए अमेरिकाको एउटा राज्यजति वा एउटा सानो देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान नासाले गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सौर्यमण्डलमा १ किलोमिटरभन्दा ठूलो परिधि भएका झण्डै ९ सय छुद्रग्रहहरु रहेको जनाइएको छ । सन् २०१३ मा ५५ फिट परिधिको छुद्रग्रह पृथ्वीको सतहमा विष्फोट हुँदा रसियामा झण्डै १ हजार जना घाइते भएका थिए । त्यतीबेला रसियामा ६६ फिट गहिरो खाडल परेको थियो ।

करोडौं बर्ष पहिलो पृथ्वीमा १० किलोमिटर परिधिको एउटा छुद्रग्रह ठोक्किदा डायनोशर लगायतका प्रजातीहरु लोप भएका थिए । सन् २०१२ मा पनि बसको आकारको एउटा छुद्र ग्रह पृथ्वीको नजिकबाट गोलीको गतिभन्दा १० गुणा छिटो गएको थियो । गत जुलाई १९ मा पनि एउटा छुद्रग्रह पृथ्वीको नजिकबाट गएको थियो ।

यदि त्यस्ता छुद्रग्रहहरु पृथ्वीतिर ठोक्किन आइपुगेको खण्डमा पनि नासासँग त्यसको बाटो परिवर्तन गर्ने साधनश्रोत रहेको छ । नासाले त्यस्ता छुद्रग्रह पृथ्वीतिर आउदै गरे नगरेकोबारे प्रसस्त जानकारी राख्ने र त्यसबारे चेतावनी संकलन गर्ने समेत गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com