टेक्सासमा बन्दुकधारीको आक्रमण, ५ को मृत्यु, २१ घाइते


प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार

अमेरिकाको टेक्सासमा बन्दुकधारीको आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने कम्तीमा २१ जना घाइते भएका छन् । बन्दुकधारीले पश्चीम टेक्सासमा गोली चलाएको जनाइएको छ ।

घाइतेहरुमध्ये १३ जनाको ओडेसाको मेडिकल सेन्टर हेल्थ सिस्टममा उपचार भइरहेको छ । जसमा ७ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ ।

त्यहाँ उपचार गराइरहेकामध्ये दुईजना असाध्यै गम्भिर अवस्थामा छन् भने एकजनाको मृत्यु भएको छ । उपचार भइरहेकोमा एकजना २ बर्षभन्दा कम उमेरका शिशु समेत रहेको जनाइएको छ ।

बन्दुकधारी झण्डै ३५ बर्षजतिको श्वेत व्यक्ति रहेको अधिकारीहरुले जनाएका छन् । बन्दुकधारीको कारलाई मिडल्याण्ड र ओडेसाको बीचमा प्रहरीले ट्राफिक स्टपमा रोक्न खोज्दा बन्दुकधारीले प्रहरीमाथि नै गोली चलाउन थालेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछि बन्दुकधारीले कैयन गाडी चालक र पैदलयात्रीमाथि गोली चलाउन थालेको थियो । बन्दुधकारीलाई प्रहरीले सिनेमा कम्प्लेक्समा गोली हानेको थियो । प्रहरीको गोलीबाट बन्दुकधारीको मृत्यु भइसकेको छ । घटना स्थानीय समय अनुशार दिउसो झण्डै सबा ३ बजेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com