उत्तर  कोरियाली क्षेप्यास्त्र परीक्षण चिन्ताको बिषय भयो : अमेरिकी राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : भाद्र ८, २०७६ आईतबार

एजेन्सी / उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताउनुभएको छ । तर उहाँले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गर्नुभयो ।

“क्षेप्यास्त्र परीक्षणप्रति म खुशी छैन तर फेरि उहाँ (उत्तर कोरियाली नेता किम जोङ–अन) सहमतिको उल्लङ्घन गर्ने पक्षमा पनि हुनुहुन्न ।”

उत्तर कोरियाली राज्य सञ्चालित सञ्चारमाध्यमले किमले छोटो दूरीको बहुमुखी रकेट प्रक्षेपक क्षेप्यास्त्र परीक्षण गरेको निरीक्षण गरेको भन्ने समाचार प्रशारण गरेपछि ट्रम्पको उक्त भनाइ आएको हो ।

उत्तर कोरियाले शनिबार उक्त छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण परीक्षण गरेको दक्षिण कोरियाली सेनाले बताएको थियो । अमेरिका–दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप पछिल्लो समय केही छोटो दूरीका हतियार परीक्षण गरेको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर जापानी प्रधानमन्त्री सिन्जो आवेले यसबारे विपरीत धारणा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “उत्तर कोरियाका पछिल्ला परीक्षण संयुक्त राष्ट्रसङ्घको नियमको प्रष्ट उल्लङ्घन हो र यो ‘गम्भीर खेदजनक’ कार्य हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com