ट्रम्प र नेतन्याहू : जिते हस्तिनापुरको राज, हारे चपरीमुनीको बास


प्रकाशित मिति : भाद्र ४, २०७६ बुधबार

– शैलेश श्रेष्ठ

हरेक अतिबादी शासनलाई चुनाब जित्नको लागि असामान्य बहाना चाहिन्छ, युध्द या विपद उनीहरुका लागि सत्तामा टाँसिने बहना बन्ने गर्दछ । सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि वर्तमान राष्ट्रपति तथा २०२० का प्रत्यासी डोनाल्ड जे ट्रम्प त्यस्तै अतिबादी बहानाहरु खोज्दैछन ईरानसंगको युध्दको त्रास, कागजपत्रबिहिन ११ मिलियन आप्रवासीहरुलाई देशनिकाला, ग्रिनकार्ड प्राप्त गर्ने नियमहरुमा कडाई, दक्षिणी सिमानामा पर्खाल, जन्मसिध्द नागरिक बन्ने संबैधानिक अधिकारमाथि प्रतिबन्ध, शरणार्थीहरुको प्रवेश माथि पूर्ण प्रतिबन्ध र अल्पमतमा रहेका आप्रवासीहरु माथी गाली गलौज जस्ता रवैया उसका चुनावी रणनीतिहरु हुने निश्चित छ ।

बेरोजगारीहरुको संख्या एतिहासिकरुपनै नितान्त कम हुनु, रोजगारका अवसरहरुमा निरन्तर अभिबृध्दी हुनु, सेयर मार्केटको भाउ बढोत्तरी हुनु जस्ता सकारात्मक सूचांकहरुका बाबजुद पनि ट्रम्पको लोकप्रियता निरन्तर ओरालो लाग्दो छ त्यसको कारण भनेको उनको जिरहा जिताहा स्वभाबनै हो जसका कारण अन्तरिक मात्र होइन बाहिरी संसारसंगको सम्बन्धहरु पनि निरन्तर धरासायी बनेका छन ।

चीन संगको व्यापारिक घम्साघम्सी र एकोहोरोरुपमा घोषित ट्यारिफका कारण चीनसंगको ब्यापारिक सम्बन्ध चिसिन पुगेको छ भने अर्थविदहरुले सन् २०२१ सम्ममा अमेरिकाले फेरी अर्को आर्थिकमन्दी (रिशेसन) बेहोर्नु पर्ने आशंकाहरु व्यक्त गर्न थालेका छन । पछिल्लो सर्वेक्षणहरुका अनुसार राष्ट्रपति ट्रम्प डेमोक्रेटिक पार्टीमा लोकप्रियताको नम्बर एकमा रहेका जो बाईडेनसंग मात्र होइन एलिजाबेथ वारेन, बर्नी सान्डर्स या कमला ह्यारिससंग पनि सजिलै पराजित हुने बताईएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता ईजरायलका प्रधानमन्त्री बेन्जामीन नेतन्याहूको हालत र हविगत पनि उस्तै उस्तै छ । चार महिना अघि भएको चुनाबमा नेतन्याहू अन्य केही धार्मिक अतिबादी साना पार्टीहरुलाई मिलाएर कोलिसन गभरमेन्ट बनाउन सफल भएका थिए तर त्यो गठबन्धन लामो समय टिकेट फलस्वरूप यही आउँदो सेप्टेम्बर महिनाको १७ तारिख ईजरायलमा पुनः आम चुनाब हुनेछन । भर्खर मात्र प्रतिपक्षले त्यही निर्वाचनलाई मध्यनजर गरेर नयाँ गठबन्धनको घोषणा गरेकाछन त्यसले वर्तमान प्रधानमन्त्रीलाई ठुलो चुनौती सामना गर्नै पार्ने अवस्था आएको छ ।

राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई जस्तै ईजरायली प्रधानमन्त्री बेन्जामीन नेतन्याहू (बीबी) माथि पनि कैयन मुद्दाहरु लागेका छन र अहिले मुल्तवीमा छन ।अमेरिकामै जस्तै त्यहाँको कानुनमा पनि पदबहाल राष्ट्रपतिलाई गिरफ्तार गर्दै मुद्दा चलाउन कानुनीरुपमै पाईंदैन ।

पदबाट मुक्त भएको केही घण्टा या दिनमै यी दुवै महासयहरु माथि राज्यले मुल्तवीमा रहेका मुद्दाहरुलाई जीवित बनाएर अगाडी बढाउने छ्न । त्यस अर्थमा यी दुवैका लागि आगामी निर्वाचनहरु जिते हस्तिनापुरको राज, हारे चपरीमुनीको बास हुने पक्का छ ।

लेखक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com