टोनी हेगनको नाममा पार्क निर्माण हुने


प्रकाशित मिति : भाद्र ३, २०७६ मंगलबार

हेटौँडामा भूगर्भशास्त्री टोनी हेगनको सम्झनामा भ्यू टावरसहित पार्क निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा– १० टिसिएनमा पार्क निर्माण गरिने जनाएको छ । यहाँ निर्माणाधीन पानी ट्याङ्कीलाई मध्य पारेर सुन्दर पार्क निर्माण गरिने हेटौँडा उपमहनगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

हेटौँडा शहरकोे परिकल्पनाकार टोनी हेगनको नाममा पार्क निर्माण गर्न लागिएको उल्लेख गर्दै उहाँले स्थानीयवासीको सल्लाह सुझावका साथ अघि बढ्ने बताउनुभयो ।

हेटौँडाको चर्चित पर्यटकीयस्थल शहीद स्मारकको डिजाइनर आशिष अधिकारीलाई नै यो पार्कको पनि डिजाइनको जिम्मा दिने बताउँदै नगरप्रमुख महतले भन्नुभयो, “उक्त स्थानमा सम्पूर्ण हेटाँैडाको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावर पनि निर्माण गरिने छ ।”

पार्क निर्माणका लागि उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले समेत केही रकम छुट्याएको भन्दै नगरप्रमुख महतले बाँकी अपुग रकम उपमहानगरपालिकाले बेहोर्ने बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com