हङकङमा सुनको मूल्य घट्यो
प्रकाशित मिति : श्रावण २९, २०७६ बुधबार
हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।
हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो ।