आइसक्रिम चाटेर स्टोरमा राखेको भाइरल भिडियो बनाउने महिलाले २० बर्षको जेल सामना गर्ने


प्रकाशित मिति : असार १९, २०७६ बिहीबार

वालमार्ट स्टोरको फ्रिजरबाट आइसक्रिम झिकेर चाटेर पुन राखेको भाइरल भिडियो बनाउने एकजना महिलाले २० बर्षे जेल सजायको सामना गर्ने भएकी छिन् । टेक्सासको लफकिनमा रहेको स्टोरमा पुगेर उनले आइसक्रिम निकालेकी थिइन् र चाटेपछि पुन जस्ताको तस्तै लगेर राखिदिएकी थिइन् । यो भिडियो एक करोड भन्दा धेरैले हेरेका थिए ।

प्रहरीले स्टोरको भिडियो फुटेज र ती महिलाको भाइरल भिडियो भिडाएर उनको पहिचान गरिसकेको र पक्राउ पुर्जी जारी गर्न लागेको जनाएको छ । उक्त भिडियो एकजना पुरुषले खिचेका थिए जसमा ती महिलालाई चाट्नका लागि उक्साइएको थियो ।

ती महिलाले सेकेण्ड डिग्री अपराधको मुद्दा सामना गर्न सक्ने तथा त्यसको सजाय २० बर्षसम्म जेल र १० हजार डलरसम्म जरिवाना हुनसक्ने प्रहरीले जनाएको छ । अनुसन्धानकर्ताहरुले अन्य प्रकारका संघीय मुद्दा समेत लगाउन सक्नेबारे छलफल गरिरहेका छन् ।

ती महिलाले चाटेको आइसक्रिमको प्रकार स्टोरबाट सम्पूर्णरुपमा हटाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com