डूब्दै गरेकी अपरिचित महिलालाई बचाउन खोज्दा अमेरिकामा गयो २६ बर्षे युवाको ज्यान


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

डूब्दै गरेकी अपरिचित महिलालाई बचाउन खोज्दा अमेरिकामा २६ बर्षे युवाको ज्यान गएको छ । कन्सासको एउटा नदीमा डूब्दै गरेकी महिलालाई बचाउन ज्याकोब फार्लेले पानीमा हाम फालेका थिए ।

लगत्तै घटनास्थलमा पुगेका उद्दारकर्ताले रसी फ्याकेर महिलालाई बचाउन सफल भए । तर महिलालाई बचाउन हाम फालेका युवाको भने ज्यान गएको छ ।

जीवितै उद्दार गरिएकी महिला मेडिसन क्याप्सले उद्दारकर्ताहरू नआउँदासम्म ती युवाले ३० मिनेटसम्म आफूलाई डूब्नबाट बचाएको बताएकी छिन् । उनले युवाको बलिदान कहिलेपनि नभुल्ने बताउँदै श्रद्धांजली व्यक्त गरेकी छिन् ।

ज्यान गुमाउने युवाको ३ बर्षका छोरा रहेका छन् । मृतक ज्याकोबको दाहसंस्कारका लागि गोफण्डमीमा रकम संकलन गरिएको छ । जसमा १८ हजार डलर संकलन भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com