पेरुको साइनिङ पाथ लगायत अमेरिकाको आतंककारीको सुचीमा कायम


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

पेरुको कम्युनिष्ट पार्टी साइनिङ पाथ लगायतलाई अमेरिकाको आतंककारीको सुचीमा कायम राखेको छ । बुधबार अमेरिकी विदेशमन्त्रालयका तर्फबाट फेडरल रजिस्टरमा प्रकाशित सुचनामा साइनिङ पाथ र सम्बन्धित विभिन्न उपनामका संगठनलाई आतंककारीको सुचीमा कायम नै राखिएको जनाइएको छ ।

महान्यायाधिवक्ता र सेक्रेटरी अफ ट्रेजरीसँगको छलफलमा आफू साइनिङ पाथलाई आतंककारीको सुचीमा कायम राख्ने निष्कर्षमा पुगेको अमेरिकी उप विदेशमन्त्री जोन सुलिभानले जनाएका छन् । साइनिङ पाथबारे पुनरावलोकन गर्दा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सुचीबाट हटाउनुपर्ने आधार तयार नभएको उनको भनाई छ ।

साइनिङ पाथ सन् १९६० को दशकमा स्थापित पेरुको कम्युनिष्ट क्रान्तिकारी संगठन हो । सन् १९८० देखि गुरिल्ला युद्धको सुरुवात गरेको यो पार्टीका नेता अविमाल गुजमानलाई सन् १९९२ मा पक्राउ गरेपछि पेरुको क्रान्ति तहसनहस भएको थियो । पछिल्लो आक्रमणका क्रममा सन् २०१७ को मार्च १८ साइनिङ पाथका लडाकाहरुले ३ जना प्रहरी अधिकारीको हत्या गरेका थिए ।

पेरुको क्रान्तिलाई नेपाली कम्युनिष्टहरुले पनि आदर्शका रुपमा मान्थे । रातो झण्डा पेरुपमा फर्फराउँदै छ भन्ने गीत नेपालमा पनि एकताका खुबै चर्चित बनेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com