गृहमन्त्रीले किन भने- ‘ती जनता हैनन्, अपराधी हुन्’


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

प्रतिनिधिसभाको सोमबारको बैठकमा एक अर्काबीच घोचपेच भएको छ । गृहमन्त्री रामबहादुर थापा, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच घोचपेच भएको हो । पछिल्लो शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीले जवाफ दिइसकेपछि जवाफ चित्त नबुझेको भन्दै कांग्रेस सांसदहरुले पुन: प्रश्न गरेका थिए ।

गृहमन्त्रीले आइतबारको घटनामा मृत्यु हुनेहरु सर्वसाधारण नागरिक नभएको र विप्लव नेतृत्वको माओवादी कार्यकर्ता नै भएको बताएपछि कांग्रेसका सांसदहरुले गृहमन्त्रीको विरोध गरेका थिए ।

‘ती सामान्य नागरिक होइनन् भन्ने नै भनाइ हो, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो’, गृहमन्त्रीले भन्नुभयो–दुई ठाउँकै घटनामा बम बनाउने क्रममा प्राविधिक त्रुटी भएकाले ज्यान गएको अहिलेसम्मको अनुसन्धानबाट पुष्टि भएको छ । ती व्यक्तिहरू गैह्र कानुनी र आपराधिक क्रियाकलापसँग सम्बन्धित नै थिए, त्यसैले हामी तिनीहरुलाई सामान्यतयाः जनता भन्दैनौ । ती सामान्य नागरिक होइनन्, त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’ याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com