विश्वका सबैभन्दा धनी व्यक्तिको सन् २०२४ भित्र चन्द्रमामा मानिस पुर्‍याउने लक्ष्य


प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार

अमेजनका सीइओ जेफ बेजोसले शुक्रबार चन्द्र अभियानको अनवरण गरे । त्यस क्रममा बेजोसले ‘ब्ल्यू ओरिजित स्पेस प्रोग्राम’ अन्तर्गत तयार गरिएका रकेट इन्जीन र अन्तरिक्षयान पेश गरे । उनले देखाएको उपकरण प्रयोग गरेर चन्द्रमाको सतहमा ओराल्न मिल्ने ‘मुन ल्याण्डर’ तयार गरिनेछ ।

बेजोसको कम्पनीले तयार पारेको केही समय ‘मुन ल्याण्डर’मार्फत वैज्ञानिक उपकरण, भू–उपग्रह र रोभर(साना गाडि) मात्रै चन्द्रमा पठाइन सकिन्छ ।

वाशिन्टनमा भएको कार्यक्रममा नासा र अन्य कम्पनीका प्रतिनिधिको उपस्थितिमा बेजोसले अन्तरिक्षामा पूर्वाधारको ठूलो कमीले भएकाले अहिले नै ठूलो काम गर्न निक्कै महंगो पर्ने बताए ।
‘तर मेरो पीढिको काम अन्तरिक्षमा आधारभूत ढाँचा खडा गर्ने हो । यसले मात्र भावि दिनमा चन्द्र यात्राको मार्ग प्रशस्त हुन्छ ,’ बेजोसले भने ।

बेजोसले विभिन्न समयमा चन्द्र यात्रालाई सस्तो बनाउने चाहना व्यक्त गर्ने गरेका छन् । उनका अनुसार सस्तो यात्राले मात्रा चन्द्रमामा वस्ती सम्भव हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मून ल्याण्डर’ अनवरण गर्ने क्रममा उनले अन्तरिक्षमा बसाइने मानव बस्ती(कोलोनी)को फोटो पनि देखाए । उनले देखाएको अन्तरिक्षको कोलोनीको नमूनामा मानिस अतिरिक्त जनावर र हरियाली पनि थियो ।

सन् २०२४ मा चन्द्रमामा पुन मानिस पु-याइने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै सन् २०२४ सम्म चन्द्रमामा पुनः मानिस पठाउने घोषणा गरेका थिए ।

नासाले यसको लागि विभिन्न नीजि कम्पनीसँग सहकार्य गरिरहेको छ । बेजोसको ‘ब्लू ओरिजिन प्रोग्राम’ त्यसै अन्तर्गतको एक नीजि कम्पनी हो । चन्द्रमामा मानिस पठाउने कुरामा यी दुई बीच सहकार्य छ ।

आफ्नो कार्यक्रम ट्रम्पले दिएको समयसिमामै पुरा हुने बजोसले बताए । बेसोसका अनुसार उनको कम्पनीले सन् २०१६ देखि यस दिशामा काम गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com