अष्ट्रेलिया एयरपोर्ट चेकिङ्गमा एक भारतीयको मोबाइलमा बच्चालाई शारीरिक यातना दिएको भिडियो भेटिएपछि


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

अष्ट्रेलिया एयरपोर्ट चेकिङ्गमा एक भारतीयको मोबाइलमा बच्चालाई शारीरिक यातना दिएको भिडियो भेटिएपछि उनलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ ।

अष्ट्रेलियाको पर्थ एयरपोर्टमा ती भारतीयको मोबाइलमा उक्त भिडियो भेटिएको हो । भिडियोमा कुनै यौन क्रियाकलाप भने थिएन ।

अष्ट्रेलियामा बच्चाको यौन शोषण मात्र नभएर अन्य शारीरिक यातना तथा शोषणलाई समेत गम्भीर अपराध मानिन्छ । जस अनुरुप एयरपोर्टका अधिकारीहरुले ती भारतीयलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाए ।

४५ वर्षीय ती व्यक्ति भिजिट भिसामा मलेसियाबाट अष्ट्रेलिया आएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com