नयाँ भिसाका लागि परिक्षाः सहज कि कठिन?


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

जापानले विशिष्ट कौशल भिसा प्रणाली लागू गर्ने भएको छ जसले ३ लाख ४० हजार भन्दा बढी विदेशी नागरिकलाई कानूनी ढङ्गले काम गर्ने र बस्ने अनुमति दिन्छ । यस्तो खालको भिसाले थुप्रै उद्योगलाई समेट्छ र हालको वर्किङ भिसा जस्तो यसमा कडा नियमहरु पनि छैनन् । यस भिसाका बारेमा अघिल्ला पोष्टहरुमा पनि धेरै जानकारीहरु दिइसकिएको छ । शैक्षिक पृष्ठभूमि जे जस्तो भएपनि विशिष्ट भिसाका लागि तयार गरिएको परिक्षा पास गरियो र शुरुआती स्तरमा जापानी प्रमाणपत्र हात पर्यो भने जापान आउने सपना पुरा हुन सक्छ । तर नेपालको हकमा अझैपनि भाषा तथा शीप परिक्षा कस्तो र कहिले हुने भन्ने तय नभइसकेकाले धेरै युवाहरुमाझ अन्यौलता भने कायमै छ । आशा गरौं सम्बन्धित निकायहरुले यो अन्यौलताको छिट्टै अन्त्य गर्नेछन् ।

सन् २०१९ को अप्रिलयता जापानको श्रम मन्त्रालय र यससँग सम्बन्धित अन्य संस्थाले तीन ओटा उद्योगका लागि विशिष्ट कौशल भिसा परिक्षा सञ्चालन गरिसकेको छ । लिइएको परिक्षामा दर्ता संख्या आवश्यक सिटभन्दा धेरै बढी नाघेको थियो ।

अप्रिल १३ मा फिलिपिन्सको मनिलामा यससँग सम्बन्धित परिक्षा सञ्चालन गरिएको थियो । यसमा आवेदकको संख्या दर्ता खुलेको पहिलो दिननै भरिएको थियो । त्यस्तै अप्रिल १४ मा साप्पोरो, सेन्दाई, टोकियो, नागोया, ओशाका ,हिरोशिमा र फुकुयोमामा होटल लगायतका क्षेत्रमा काम गर्न चाहने विदेशीका लागि परिक्षा सञ्चालन गरिएको थियो । यसका लागि ७ सय ६१ ओटा आवेदन प्राप्त भएको भएपनि तीमध्ये आधालाई मात्र परिक्षा दिने अनुमति दिइएको थियो । साथसाथै अप्रिल २५ र २६ मा टोकियो र ओशाकामा भएको यस परिक्षाका लागि आवेदन आधा दिनमै सकिएको थियो । पहिलो दिन ३ सय ४० जनाले परिक्षा दिने सौभाग्य पाएका थिए । यसको नतिजा यसै वर्षको मे महीनाको अन्त्यतिर सार्वजनिक हुने बताइएको छ ।

विशिष्ट कौशल भिसा परिक्षाका लागि विभिन्न राष्ट्रबाट उम्मेदवार आएका थिए । ओशाकामा भएको लजिङ उद्योगका लागि परिक्षामा ५८ जना उम्मेदवार मध्ये ३२ जना भियतनाम, १० जना चीन, ५ जना म्यानमार र नेपाल आदी राष्ट्रका थिए । उनीहरु हाल विद्यार्थी वा ट्रेनीका रुपमा जापानमा बस्दै आएका छन् । कामसम्बन्धी धेरथोर अनुभव भएकाहरुले परिक्षा खासै कठिन नभएको र आफूले सबै प्रश्नको उत्तर मिलाएको बताएका छन् । सिट सिमित भएको र उपलब्ध सिटका लागि आवेदन संख्या छिट्टै पुरा भएका कारण कतिपयले इच्छा हुँदाहुँदै पनि यसमा सहभागी हुन पाएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विशिष्ट कौशल भिसाको परिक्षा यसमा समावेश प्रश्नका कारण नभई परिक्षार्थीको संख्या एकदमै सिमित भएका कारण कठिन बनेको हो । यस प्रकृयामा तयारी अभाव भएका कारण यस्तो भएको हुन सक्ने विश्लेषण गरिएको छ । खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीको परिक्षाको कुरा गर्ने हो भने अर्गनाइजेशन फर टेक्निकल स्किल एसेसमेण्ट अफ फरेन वर्कर्स इन फूड इण्डष्ट्रि (ओटाफ) ले अप्रिल २६ मा हुने परिक्षाका लागि थप १ हजार सिट खुलाएको थियो । अप्रिल २५ मा ३ सय ४० जना उम्मेदवारलाई मात्रै परिक्षा दिने अनुमति दिइएको र यो संख्या एकदमै न्यून भएको भन्ने व्यापक आलोचना भएपछि यस्तो निर्णय गरिएको थियो । तर यो संख्या पनि पर्याप्त भने छैन ।

अर्को परिक्षामा २ हजार विदेशीलाई परिक्षाको अनुमति दिने अनुमान गरिएको छ । सरकारले विदेशमा हुने परिक्षाका संख्या पनि बढाउने योजना बनाएको छ । हाल नयाँ अध्यागमन कानून अनुसार फिलिपिन्स, नेपाल, म्यानमार, कम्बोडिया र मङ्गोलिया गरी जम्मा पाँच ओटा राष्ट्र मात्रै जापानको मानव स्रोत रहेका छन् । भियतनामसँगको सम्झौतामा त्यति प्रगति हुन सकेको छैन । भियतनाममा खाद्य तथा पेय पदार्थ उत्पादक उद्योगको परिक्षा यसै अप्रिलमा हुने योजना बनाइएको भएपनि सो पुरा हुन सकेको छैन र यसबारे थप आधिकारीक जानकारी पनि छैन ।

जापानमा चरम श्रमिक अभाव हुन थालेपछि सरकारले बढीभन्दा बढी विदेशी कामदार भित्राउन थुप्रै प्रयासका कदम चाल्न शुरु गरिसकेको छ । विशिष्ट कौशल भिसाको परिक्षाका परिक्षार्थीको विस्तार गर्नु तत्कालका जापान सरकारका लागि चुनौतीको विषय पनि हो । यो राम्रोसँग समाधान भएन भने अधिकांश विदेशीले जापान आएर आफ्नो सपना पुरा गर्ने अवसर गुमाउँछन् । जापानले यो लक्ष्य हासिल गर्न छिट्टै नै प्रभावकारी उपाय अपनाउने आशा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com