श्रीलंका बिष्फोटमा कैयन अमेरिकन मारिएको अमेरिकी विदेशमन्त्रीबाट जानकारी, संख्याबारे मौन


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

श्रीलंकाका चर्च र होटलमा भएको आत्मघाती हमलामा कैयन अमेरिकनको समेत मृत्यु भएको अमेरिकी विदेशमन्त्री माइक पम्पिओले वक्तब्य मार्फत जनाएका छन् । तर उनले कतिजना अमेरिकनहरु मारिएको भन्नेबारे केही बताएका छैनन् ।

इस्टर प्रभातको बेलामा भएको आतंककारी हमलाको अमेरिकी विदेशमन्त्रीले निन्दा गरेका छन् । अमेरिकी दूतावासले आक्रमणबाट प्रभावितहरुको सहयोगका लागि काम गरिरहेको जनाइएको छ ।

अहिलेसम्म ८ देशका १४ जना विदेशीहरु मारिएको पुष्टी भइसकेको छ । मृत्यु हुने विदेशीहरुमा २ जना अमेरिका र बेलायतको दोहोरो नागरिकता भएका सहित ५ जना बेलायतीहरु, ३ जना भारतीय, २ जना चिनिया, २ जना टर्किस, १ जना डच र एकजना पोर्चुगिज रहेको पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म मृत्यु हुनेको संख्या २ सय नाघेको छ । आक्रमणमा कम्तीमा चारसय ५० जना घाइते भएका छन् ।

विहान झण्डै पौने नौ बजे कोलम्बो, नेगोम्बो र बाटिकालोआमा तीनवटा चर्चमा बिष्फोट गराइएको थियो । आक्रमणकारीले तीनवटा होटल र बैंकट हलमा पनि बम हमला गरेका थिए । आठौं बिष्फोट सिटीमा रहेको फ्लाइओभर मुनीको घरमा भएको थियो ।

विहान पौने ९ बजेदेखि साढे ९ बजेसम्म आत्मघाती हमलाकारीहरुले आक्रमण गरेका थिए । बौद्धधर्मालम्बीहरुको बाहुल्य रहेको श्रीलंकामा हिन्दु, मुस्लिम र क्रिस्चियन समेत रहदै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com