नेपाली स्याटेलाइट बोकेर उडेको रकेट पुग्यो अन्तरिक्ष स्टेशन, अन्तरिक्षयात्रीले पाए ताजा फलफूल


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

नेपाली स्याटेलाइट बोकेर उडेको अन्तरिक्ष यान अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय स्टेशनमा पुगेको छ । न्युयोर्क समय अनुशार आज बिहान ४ बजे पुगेको अन्तरिक्ष यान विहान साढे ५ बजे त्यहाँ रहेका अन्तरिक्ष यात्रीहरुले विशेष रोबोटिक आर्मको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।

७६ सय पाउण्ड कार्गो बोकेर उडेको रकेटमा झण्डै एककिलो वजनको नेपालको नानो स्याटेलाइटका साथमा जापान र श्रृलंकाका स्याटेलाइटका सामाग्रीहरु, ४० वटा मुसा, विभिन्न सोधका लागि आवश्यक उपकरण, कार्गो, हार्डवेयर र त्यहाँ कार्यरत कर्मचारीहरुका लागि ताजा फलफूल समेत रहेको छ ।

नेपाली स्याट वान नाम दिइएको नेपाली भूउपग्रहलाई एन्टोरस नामको अन्तरिक्ष यानमा रहेको सिग्नस कार्गो बिमानले लगेको हो । सानै आकारको भए पनि नेपाली स्याटेलाइट प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुशी व्यक्त गरिरहेका छन्।

अन्तरिक्ष यानमा ४० वटा जीवित मुसाहरु भने एन्टी टिटानस भ्याक्सिनको प्रभावकारिता परिक्षणका लागि पठाइएको हो । २० वटा मुसालई अन्तरिक्षमा भ्याक्सिन दिइनेछ भने अरु २० वटालाई दिइनेछैन । पृथ्वीमा आइसकेपछि ती मुसाहरुले भ्याक्सिनमा कस्तो प्रतिकृया जनाउनेछन् भन्नेबारे वैज्ञानिकहरुले अनुसन्धान गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com