रात्रिक्लब बाहिर गोली चल्दा एकको मृत्यु


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये तीन जना सुरक्षा गार्ड रहेका छन् ।

रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भिक्टोरिया प्रहरी अधिकृत एन्ड्रु स्टाम्परले भने, “यो निकै भयानक कार्य हो । यो व्यस्त रात्रिक्लब हो, मेलबर्नको मुख्य मनोरञ्जन क्लब पनि हो ।”

गोली लागेका ३७ वर्षीय सुरक्षा गार्डको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का २८ वर्षीय व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर छ भने २९ वर्षीय र ५० वर्षीय अरु दुई जनाको अवस्था सामान्य रहेको छ, प्रहरीले जनाएको छ ।

एक जना प्रहरी प्रवक्ताले यो गोलीकाण्ड आतङ्कवादसँग सम्बन्धित नदेखिएको बताएका छन् । अनुसन्धाताहरुले मोटरसाइकलमा हिँडेको अराजक झुण्डले गोली चलाएको आशंकामा छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

गत मार्चमै मेलबोर्नमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको थियो । अस्ट्रेलियामा ठूलो जनसमूहमाथि गोली चलाउने प्रवृत्ति हालसम्म देखिएको छैन । पोर्ट आर्थरमा एक जना बन्दुकधारीले ३५ जनाको निर्मम हत्या गरेपछि सन् १९९६ देखि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कठोर कानुन ल्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com