घरमा बत्तीको पैसा तिर्न नसक्ने भएपछि यी बालक होमवर्क गर्न जान्थे सडकमा (भिडियो)


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

शिक्षा अति महत्वपूर्ण चिज हो । शिक्षा बिना हामिले कुनै नयाँ काम अघि बढाउन सक्दैनौ । त्यस्तै बालबालिकाका लागि पनि शिक्षा अति महत्वपूर्ण छ । कुनै बालबालिका शिक्षा लिन चाहादा चाहादै पनि शिक्षाबाट बञ्चित हुने गर्छन् । धेरै जसो आर्थिक स्थिती कमजोर भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका हुन्छन् ।

त्यस्तै एक १२ वर्षीय बालक पनि यस्तै उदाहरण बनेका छन्।भिडियोमा जहाँ इच्छा त्यहाँ उपाय भनेझै पेरुको मोछे शहरका एक बालकले सडकको पेटीमा बसेर पढिरहेका छन् । बालकले सडकको पेटीमा बसेर पढिरहेको उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

उक्त भिडियो सिसिटीभी फुटेजमा कैद भएको हो । घरमा उनका परिवारले बत्तीको पैसा समेत तिर्न नसक्ने अवस्था भएपछि उनी सडकमा बसेर पढेको बताइएको छ ।उक्त भिडियो एक प्रहरीले क्यामेरा जाँच गर्दा फेला पारेका हुन् । बालक त्यहाँ आफ्नो होमवर्क गर्न जाने गरेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com