इजरायलमा संसदीय निर्वाचन, प्रधानमन्त्री नेतान्याहुको दल विजयी


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ ।

तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ट नेता नेतान्याहुमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो । करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुबै पार्टीले स्पष्ट बहुमत भने प्राप्त गरेका छैनन् ।

साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ । प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिएका छन् । “अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ब्लू एन्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिनुभयो । इजरायली चुनाव आयोगले मतदानको अन्तिम नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com