अष्ट्रेलियाका युनिभर्सिटीमा चिट चोर्ने तथा चोराउने कार्यलाई बन्द गराउनाका निम्ति कानुनमा कडाइ हुने भएको छ । द गार्जियनका अनुसार अष्ट्रेलियाका शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् ।
प्रस्तावित विधेयकमा युनिभर्सिटीको परीक्षामा चिट चोर्ने, चोराउन सहयोग गर्ने अथवा निवन्ध लेखनमा चोर्न सघाउने जो कोहीले कडा सजाय भोग्नेछन् । यसमा दुई वर्षसम्म जेल र २ लाख १० हजार डलरसम्म जरिवानाको व्यवस्था छ ।
अष्ट्रेलियामा ‘कन्ट्राक्ट चिटिङ’ फैलिन थालेपछि कानुनमा कडाइ गर्ने पहल गरिएको बताइएको छ । कन्ट्राक्ट चिटिङमा युनिभर्सिटीका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । यी कार्य विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुनेगरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।