अमेरिकामा गोली लागेर एक जनाको मृत्यु, पाँच घाइते


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए ।

अपराह्न २६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् । उक्त घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ । अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेका र गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ । आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको हात, पाखुरा र खुट्टामा गोली लागेको छ । यस वर्षका तीन महिनाभित्रै फिलाडेल्फियामा ८० जनाभन्दा बढीको हत्या भइसकेको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ११ प्रतिशत बढी हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com