अष्ट्रेलियामा स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुँदा धेरैलाई पीआर समस्या


प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

अष्ट्रेलियामा आफूले काम गर्दै गरेको र स्पोन्सर गरीदिने कम्पनी बीचमै बन्द हुनाले धेरैको पीआर सपना चकनाचुर भएको छ । भिसाको प्रकार र कामको अवधि, काम गर्दै गरेको कम्पनी बीचमै बन्द हुने कारणले गर्दा कतिपय अष्ट्रेलियाबाट नै बाहिरिनुपर्ने समस्या बढिरहेको छ ।

भिसा प्रोसेसमा बढाइएको अवधी संगै यो समस्या बढेको जानकारहरु बताउँछन् । यसले कामदारहरुको अष्ट्रेलिया बसाइ त चकनाचुर भएको छ नै, पैसा पनि खर्च भएको छ । त्यहि बीचमा हुने भिसा नियम परिवर्तनले अझ बढी तनाव थपिदिएको छ ।

चीनकी वेइ मिरा चेन विगत पांच वर्ष देखि अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनले जुनियर सेफ पदमा ब्रिटिश सेलिब्रेटी सेफ जेमी ओलिभरको रेस्टुरेन्ट चेनमा पर्थमा काम गरिन् । त्यही समयमा उनले पीआरको लागि एप्लाई गरिन् । तर केही समय पछि उक्त रेस्टुरेन्ट बन्द भयो । त्यसपछि उनलाई क्यानबेराको जेमी’ज इटालियनबाट जागिर संगै स्पोन्सरसिपको अफर आयो । उनले त्यहाँ काम गर्न लागिन् र ३५ सय डलर खर्च गरेर एको भिसा एप्लाई गरिन् ।

एक दिन वेइ मिरा चेन घरमै भएको समयमा रेस्टुरेन्टबाट फोन आयो । जब उनी त्यहाँ पुगीन्, उनलाई जानकारी दिइयो कि, रेस्टुरेन्ट त्यही दिन देखि बन्द हुँदैछ ।

अहिले उनी आफ्नो भिसाको विषयमा हुने निर्णयको प्रतीक्षामा छिन् । तर यदि उनले अर्को जागिर गर्न पाईन् भने पनि तीन वर्षको कामको अनुभव नपुग्ने हुनाले उक्त भिसाको मापदण्ड पूरा हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com