अस्ट्रेलियाको सिड्नी सडकमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

विद्यार्थीको संख्या ह्वात्तै बढेदेखि अस्ट्रेलियाका मुख्य सहर सिड्नी वरपर नेपाली विद्यार्थीहरूका घटना समाचारका हेडलाइन्स बन्न थालेका छन्।
अज्ञानता र असावधानीका कारण दुर्घटनाहरू घट्ने क्रम बढिरहेको बेला झैझगडाका खबरले पनि प्राथमिकता पाउन थालेका छन्।
सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी दुई अस्ट्रेलियनसँग झगडा खेल्न थालेपछि यहाँको लोकप्रिय नाइन न्युजले केहीबेर त्यसलाई मुख्य समाचारनै बनायो।

नेपाली विद्यार्थी बाटो काट्ने क्रममा स्थानीय दाजुभाइसँग झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर चोट लागि हस्पिटलमा भर्ना भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन्।
मध्यरातमा बाटो काट्ने क्रममा भनाभन र त्यसपछि हात हालाहालको अवस्थामा पुगेपछि नेपाली विद्यार्थी अनिश शाहीलाई अस्ट्रेलियन स्कुडर दाजुभाइले टाउकोमा मुक्का हान्दा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै रगतसमेत जमेको नाइन न्युजले जनाएको छ ।

स्कुडर दाजुभाइले आफ्नो साथी अनिशलाई आक्रमण गरेपछि उनका साथी मारक लिम्बूले चक्कुले स्कुडर दाजुलाई प्रहार गरेका थिए।
घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारको लागि र झगडालुहरूलाई प्रहरी थाना लगेको थियो। घटनापछि स्कुडर दाजुभाइ जमानतमा रिहा भएका छन् भने नेपाली विद्यार्थी लिम्बू भने हिरासतमै रहेको एनएसडब्लु प्रहरीले जनाएको छ।

उनलाई धारिलो हतियार प्रयोग गरी ज्यान लिने प्रयास गरेको भन्दै स्कुडर दाजुभाइले उजुरी दिएका छन्।
उज्वल भविष्यको खोजीमा अस्ट्रेलियामा उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरू यसरी झैझगडामा सामेल हुन थालेपछि यसले नकारात्मक सन्देश दिन थालेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि पनि जिएनसी फुटबलको दौरान नेपाली विद्यार्थीहरू एक आपसमै कुटाकुटमा उत्रिएका थिए। कसैले प्रहरीमा उजुरी नगरेका कारण घटनाले ठूलो रूप भने लिएन।
यहाँको कानुनी प्रावधानलाई नजिकबाट ननियालेका कारण पनि नेपाली विद्यार्थीहरू नेपालझै ठानेर झैझगडामा सामेल हुन पुग्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com