अष्ट्रेलियामा कामदारको खुट्टा तातो तेलले जलेपछि केएफसीलाई ६० हजार डलर जरिवाना
प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार
न्यु साउथ व्ह्लेसको कफ्स हार्बर स्थित केएफसीको शाखाले कामदारलाई ६० हजार डलर जरिवाना तिर्नुपर्ने भएको छ । काम गर्ने क्रममा कामदारको खुट्टा तातो तेलले जलेपछि केएफसीले जरिवाना तिर्नुपर्ने भएको हो ।
सन् २०१६ मा २० वर्षीय एक कामदारको तेलले जलेको थियो । ती कामदारले किचनमा भर्यांगमा चढेर सफा गर्दै गर्दा त्यहाँको बत्ति गयो । त्यसपछि अँध्यारोमा खुट्टा चिप्लिएर तातो तेलमा परेको थियो । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उपचार भएतापनि उनलाई हिडडुलमा भने समस्या भएको छ ।
उक्त घटना अदालतमा पुगेपछि अदालतले केएफसीलाई ६० हजार डलर क्षेतिपूर्ति दिने आदेश दिएको हो ।